भगवति आधारभूतमा ब्यवस्थापन समिति गठन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत बिद्यालयमा शुक्रबार ब्यवस्थापन समिति गठन भएको छ ।

कर्णबहादुुर रोकाको अध्यक्षतामा गठन भएको समितिको सदस्यमा बेगप्रसाद रोका, चक्र गुरुङ्ग, चन्द्रबहादुर बिक, तिलकुमारी पुर्जा, मनसुवा पुर्जा, गौकुमारी रोका, टकबहादुर पुन शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रअ जगतबहादुर खत्री रहनुभएको छ ।

जंगबहादुर पुर्जा, दधिलाल आचार्य, केशर थापा र तुलदेवी रोकालाई सल्लाहकार समितिमा चयन गरिएको छ । अभिभावक भेलाको अवसरमा २०७६ को वार्षिक तथा २०७७ को त्रैमासिक परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिद्यालयमा सञ्चालित योजना सफल रुपमा सम्पन्न गर्ने पदाधीकारीहरुलाई पनि प्रशसापत्रद्धारा सम्मान गरिएको थियो । तीन कोठे भवन र शौचालय निर्माण समितिका अध्यक्ष नरबहादुर अर्मजा, दुई कोठे भवन मर्मत समितिका अध्इक्ष दधिलाल आचार्य, पहिरो नियन्त्रण योजनाका अध्यक्ष गम्मु रोका, चिल्डे«न पार्क निर्माण तथा ब्यवस्थापन समितिका अध्यक्ष खिमानन्द निउरे, कम्प्युटर शिक्षक मनकुमार जुग्जाली, बढी हाँजिर हुने शिक्षक सम्झना कार्कीलाई सम्मान गरिएको थियो ।

यसैगरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर रोका, प्रअ जगतबहादुर खत्री र घेराबार निर्माण समितिका अध्यक्ष केशर थापा पनि सम्मानित हुनुभएको थियो । भेलामा शिक्षक अभिभावक संघका अध्यक्ष जित नेपालीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

ब्यवस्थापन समितिका अध्यक्ष रोकाले भौतिक पुर्बाधार तयार पारिएकाले अब शैक्षिक सुधारमा केन्द्रित हुने बताउनुभयो । उहाँले कक्षा ९ र १० सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । प्रअ जगतबहादुर खत्रीले बिद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...