जलजलामा राष्ट्रिय मगर संघको प्रथम अधिवेशन

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघको जलजला गाउँपालिका कार्यसमितिको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय संघको कार्यसमिति निर्वाचित गरेको छ । संघको उपसभापतिमा मनिषा पुन, सचिबमा सबबहादुर पुर्जा, सहसचिबमा टार्जन पुन र कोषाध्यक्षमा पार्वति खोर्ज रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा पुर्खबहादुर पाईजा, नरबहादुर पाईजा, जुनबहादुर पुन, भुमबहादुर थापा, अस्मिता पुर्जा र तुलबहादुर पुर्जा रहनुभएको संघका प्रदेश सदस्य युवराज अर्मजाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा स्थानीय तह समन्वय बिभाग प्रमुख अर्जुनप्रसाद जोशीले मगर समुदायको हितमा नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंबैधानिक र प्रतिगामी भएको बताउनुभयो ।

Bhautik ministry notice about road

काँग्रेस चुनाव लड्न र अदालतको निर्णय मान्न तयार भएपनि संबिधानको रक्षा गर्नुपर्ने मुख्य दायित्व लाई प्राथमिकता दिनुपर्ने संबिधानसभाका सदस्य समेत रहनुभएका जोशीले बताउनुभयो ।

राष्ट्रिय मगर संघ पर्वतका अध्यक्ष बलबहादुर पुनको अध्यक्षता, संघका प्रदेश सदस्य युवराज अर्मजाको सञ्चालन र निबर्तमान जिल्ला अध्यक्ष बलबहादुर पुर्जा पुनको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सदस्य चुडामणी शर्मा, परशुराम पुरी, नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, संघका केन्द्रीय सदस्य तथा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, संघका प्रदेश सचिव खड्ग थापा, म्याग्दीका अध्यक्ष हिरा पुन, जलजाल गाउँपालिका–३ का वडा अध्यक्ष रबी भण्डारी, नेता इन्दु शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...