खुर्कोट सबस्टेशन चार्ज सुरु

Beni Sanjibani

बेनी । नेपाल बिद्युत प्राधिकरणले निर्माण गरेको २२० केभी क्षमताको खुर्कोट सबस्टेशनको बिबिबार रातीदेखि चार्ज सुरु भएको छ ।

सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइन चार्जका लागि बिहीबारदेखि परिक्षण सुरु गरेको कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाको बेनी स्थित कार्यालयले जनाएको छ । आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परिक्षण सकेर सबस्टेशन चार्ज सुरु गरेको बताउनुभयो ।

सबस्टेशन चार्जको परिक्षण अबधि २४ घण्टाको हुन्छ । मोदी–चुवा हुदै खुर्कोटसम्म १३२ केभी बिद्युत ल्याएर सबस्टेशनको टान्सफर्मर चार्ज गरिएको हो । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले खुर्कोटको सबस्टेशनको परिक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सबस्टेशन चार्ज गरिने बताउनुभयो ।

Mangala Health notice about Je

स्थानीय आयोजनाबाट उत्पादीत बिद्युत कम क्षमताको भएकाले मोदी–चुवा–खुर्कोट हुदै दाना सबस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो । दाना सबस्टेशन अन्तरगत ५ मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत आयोजना चालु छन् । ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला परिक्षण उत्पादनको तयारीमा छ ।

सबस्टेशनका ट्रान्सफर्मर चार्ज र परिक्षण सफल भएपछि केन्द्रिय ग्रिडमा जोडिने भएको छ । सबस्टेशन चार्ज गर्नका लागि आयोजनाका कर्मचारीहरु राती दश बजेसम्म खुर्कोटमा बसेर काम गर्नुभएको थियो ।

Beni nagarpalika ko janahit ma jari notice

खुर्कोट स्थित सबस्टेशन चार्जमा उपस्थित हुनुभएका नेपाल बिद्युत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सबस्टेशन चार्ज प्रशारण लाइनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले खुर्कोट सबस्टेशनको परिक्षण सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यहाँबाट दाना सबस्टेशन सम्म १३२ केभी लाइनबाट बिद्युत पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताउनुभयो ।

नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सबस्टेशन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरेको छ । ११० वटा टावर निर्माण भएको छ । खुर्कोट देखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सब स्टेशन जोड्ने ६ किलोमिटर लामो प्रशारण लाइनको परिक्षण सफल भइसकेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सन २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाई, पोखरेबगरका जग्गाधनीको बिवाद, पहिरो, कोरोना लगायत कारण दुई वर्ष वर्ष पछि ढकेलिएको हो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...