लोप्रेमा सिलाईकटाई तालिम सुरु

Sinchai Khanipani notice

बेनी । पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा बिहिबार सिलाई कटाई सम्बन्धी तालिम सुरु भएको छ ।

Bhautik ministry notice about road

जलजला गाउँपालिका र धौलागिरी सिप बिकास केन्द्र बागलुङको संयुक्त आयोजनामा ६ महिनासम्म सञ्चालन हुने तालिमको जिल्ला समन्वय समितिका सदस्य ओमप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।

धौलागिरी आमा समूहको भवनमा सञ्चालन हुने तालिममा साबिक लेकफाँट गाबिसको ४, ७, ८ र ९ नम्बर वडाका ३० जना महिलाहरुको सहभागिता रहेको छ । महिलाहरुलाई सिप सिकाएर ब्यवसायिक तथा आत्मनिर्भर बन्न सहयोग पुगोस भनेर तालिम आयोजना गरेको वडा अध्यक्ष तिलक जिसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...