प्रतिनिधिसभा बिघटनको बिरोधमा जिल्लाभरका वडामा काँग्रेसको प्रर्दशन

Sinchai Khanipani notice

बेनी । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र प्रतिगामी कदमको विरोधमा नेपाली काँग्रेसले बिहीबार म्याग्दीका सबै वडामा बिरोध प्रर्दशन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको हो । नेपाली काँग्रेस म्याग्दीका प्रबक्ता अजयमिलन श्रेष्ठले जिल्ला तहका नेताहरुको उपस्थितिमा सबै वडामा सरकारको गलत र असंबैधानिक कदमको बिरोधमा प्रर्दशन गरिएको जानकारी दिनुभयो ।

विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिव हरिकुमार श्रेष्ठ, मिनबहादुर कार्की, सहसचिव भरत रकाल लगायतका नेताहरुले विभिन्न ठाउँमा आयोजित विरोधसभालाई सम्बोधन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रधानमन्त्री ओलीको बिरोधमा नाराबाजी लगाउदै ¥यालीमा सहभागि नेताहरुले चुनावमा जान कांग्रेस तयार भएपनि लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसले वडास्तरसम्म पुगेर विरोधका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै प्रतिगमन कदम बिरुद्ध कांग्रेसले कुनै सम्झौता नगर्ने पार्टी सभापति गर्बुजाले बताउनुभयो । ‘कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई संविधान दियो, आफुँ हारेर चुनावमार्फत कम्यूनिष्टलाई सत्ता हस्तान्तरण गर्यो,’ सम्बोधनमा पार्टी सभापति गर्बुजाले भन्नुभयो ।

विरोधसभासँगै विभिन्न वडामा भ्रातृ संस्था नेपाल तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियान समेत सञ्चालन गरेको तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्यालले बताउनुभयो ।

कांग्रेसले केन्द्रिय कार्यक्रम अनुसार प्रर्दशन सहितका अभियानहरुलाई स्थानीय तहस्तरमै सञ्चालन गरिरहेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले पुस १३ गते प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्र र माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...