बेनीमा ओलीको असंबैधानिक कदम बिरुद्ध बेलुन उडाएर प्रर्दशन

Sinchai Khanipani notice

बेनी । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम बिरुद्ध बिहिबार बेनीमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट राष्ट्रिय युवा संघले बेलुन उडाएर बिरोध प्रर्दशन गरेको छ ।

Bhautik ministry notice about road

संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माका अनुसार देशब्यापी कार्यक्रम अनुसार म्याग्दीको बेनीमा पनि “भष्मासुर स्वच्छाचारी सरकार बिरुद्धको सन्देश” सहित बेलुन उडाएर बिरोध प्रर्दशन गरिएको हो ।

संघले उडाएको बेलुनमा “प्रतिगामी कदम खारेज गर” भनेर लेखिएको थियो । संसद् पुनस्थापनाको माग सहित युवा संघले म्याग्दीमा पनि रचनात्मक शैलीमा आन्दोलनका कार्यक्रम अघि बढाएको संघका सहसंयोजक सन्दिप खत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...