ओलीको कदम बिरुद्ध म्याग्दीका विभिन्न ठाउँमा राके जुलुस

Gandaki Pardesh notice

बेनी । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र प्रतिगामी कदम बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार म्याग्दीको बिभिन्न ठाउँमा राके जुलुस प्रर्दशन गरेका छन् ।

प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने माग राख्दै प्रधानमन्त्री ओलीको स्वच्छाचारी र तानाशाह कार्यशैली, भ्रष्ट्राचारको संरक्षण, राजनीतिक अस्थिरताको सिर्जना गराएको सन्देश गाउँ गाउँसम्म पु¥याउन सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रमा राके जुलुस प्रर्दशन गरेका हुन् ।

आफ्नै पार्टीको बहुमत भएको प्रतिनिधिसभा बिघटन गरेर ओलीले अस्थिरता सिर्जना, संबिधान उल्लघन, अदालत, निर्वाचन आयोग जस्ता संबैधानिक निकायलाई दवाव र प्रभावमा पारेर देशमा हुकुमी शाषनशैली अपनाएको उनिहरुको आरोप छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सरकारले राँके जुलुस निकाल्न र पुत्ला जलाउन रोक लगाएको छ । प्रहरीको आँखा छलेर प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले राँके जुलुस निकालेका हुन् । यसअघि गत पुष ५ गते प्रतिनिधिसभा बिघटन गरेलगत्तै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बेनीमा निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

बेनी नगरपालिका–६ अर्थुङ्गेमा नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेल, बेनीको घतानचोकमा जिल्ला कार्यालय सदस्य बालकृष्ण सुबेदी, युवा नेता कृष्ण बिश्वकर्मा, हरि भण्डारीको उपस्थितिमा राँके जुलुस निकालिएको थियो ।

रघुगंगा गाउँपालिकाको पिप्ले, भगवति र मौवाफाँटमा पनि राँके जुलुस निकालिएको थियो । म्याग्दीका अन्य ठाउँहरुमा पनि ओली सरकार बिरुद्ध राँके जुलुस निकालेर खबरदारी गरेको नेताहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...