बुवाआमाले नहेरेका बालिकाको मल्लाजका जिसीले लिनुभयो अभिभावकत्व

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाको मल्लाजका बबी जिसीले अभिभावकले नहेरेका एक बालिकाको शैक्षिक अभिभावकत्व लिनुभएको छ ।

समाजकल्याण आधारभूत बिद्यालयको कक्षा १ मा अध्ययरन आशा नेपालीको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको हो । बुवा र आमाले दोस्रो बिवाह गरेपछि मामाघरकी हजुरआमासँग बस्दै आएकी आशाको पढाइमा समस्या भएको थियो ।

आशाले पढेसम्म पढाउने जिसीले बताउनुभयो । मल्लाजमा ब्यवसायसँगै बिभिन्न सामाजिक काम गर्दै आउनुभएका जिसीले जन्मदिनको अवसर पारेर बालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेर उनलाई पढाउने जिम्मेवारी लिनुभएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी समाजकल्याण आधारभूत बिद्यालयकै कक्षा २ मा पढ्ने अभिभावक बिहिन सनिसा नेपालीलाई बिहीबार गोरखबहादुर स्मृति कोषबाट न्यानो कपडा, जुत्ता, शैक्षिक सामग्री र अन्य जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।

बिद्यालयका पुर्व शिक्षक लक्ष्मी केसीले दिवंगत ससुरा गोरखबहादुर लामीछानेको स्मृतिमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबिर नेपालीको अध्यक्षता, वडा न. २ का वडा सदस्य प्रकाश जिसीको प्रमुख आतिथ्यता, बिद्यालयका प्रअ डम्मर जिसीको स्वागत र शिक्षक इन्द्र बिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष गोरे नेपाली, पुर्ब प्रअ ओमबहादुर जिसी, संस्थापक लक्ष्मी केसी लामीछानेले मन्तब्य व्यक्त गर्नुभएको थियो । यसैगरी प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार बितरण तथा अभिभावकसँग अन्तरक्रिया गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...