मिस्ट्रीखोलाको परिक्षण सुरु

Sinchai Khanipani notice

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण सुरु भएको छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परिक्षण थालिएको हो । आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र बिद्युतगृहमा एकै साथ परिक्षण भैरहेको जानकारी दिनुभयो ।

‘‘बाँध र क्यानल (पानी थिग्राउने पोखरी)को यसअघिनै परिक्षण सफल भइसकेको छ,’’ उहाँले भन्नुभयो ‘‘परिक्षणका लागि सुरुङ र पेनस्टक पाइपमा हालिएको छ ।’’ बिद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परिक्षण भैरहेको छ । हाइड्रोमेकानिकल सम्बन्धी प्राबिधिक टोलीले बिद्युतगृहको अटोमेसनको काम सुरु गरेको छ ।

Shreekrishna hardwear in news

आयोजनाका प्रतिनिधी चुडामणी निरौलाले अबको तीन हप्ताभित्र संरचना र उपकरणको परिक्षण सकेर बिद्युत उत्पादन सुरु गर्ने कार्यतालिका बनाएको बताउनुभयो । “अहिलेकै गतिमा काम भएमा र कुनै समस्या नआए तीन हप्ताभित्र परिक्षण सकिन्छ,” उहाँले भन्नुभयो “सुरुङ र पेनस्टकमा देखिएका चुहावट सुधारको काम भैरहेको छ ।”

सन २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले निलगिरी र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०.५ मिटर सुरुङ र २५० मिटर उचाइबाट पानी खसालेर बिद्युत उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

Bhautik ministry notice about road

बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । ११ वटा मध्य गत बर्खामा आएको बाढीले एक वटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुननिर्माण सकिएको छ ।

रु. पाँच अरब ६४ करोड लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु. ७० करोड, जलविद्युत विकास कम्पनीले रु. एक अरब र नेपाल बैंकले रु. ५० करोड ऋण लगानी गरेका छन् ।

यसैगरी नविल बैंकले रु. एक अरब, लक्ष्मी बैंकले रु. ४० करोड, सिद्धार्थ बैंकले रु. ३० करोड र एस डेभलभमेन्ट बैंकले रु. ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ ।


साधारण सेयर पनि बाडफाँड भइसकेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि निर्माण सुरु भएको हो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन निर्माण सकिएको छ । दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइन निर्माण सकेर परिक्षण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...