म्याग्दीकालीको साधारणसभा र भवन उद्घाटन

Sinchai Khanipani notice

बेनी । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थाको नयाँ भवनको उद्घाटन गरिएको छ ।

साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन् गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहकारीले आफ्नै भवन बनाउन सक्नु महत्वपूर्ण काम भएको बताउनुभयो । उहाले आगामी दिनमा पनि निरन्तर रुपमा सञ्चार संस्थाले आम नागरिकहरुलाई सुसूचित गर्दै आफ्नो कार्यसम्पादन गनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सञ्चार सहकारीले ३१ जना कर्मचारीलाई रोजगारी दिनु ठूलो उपलब्धि भएको बताउँदै एफएमको सञ्चालन र व्यवस्थापनमा ध्यान दिन सुझाउनुभयो । साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक प्रमोद श्रेष्ठले ५० लाखको लागतमा जग्गा खरिद गरी एक करोड ७० लाख १४ हजार चारसय ४८ रुपैयाँको लागतमा भवन निर्माणसम्पन्न भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उक्त साधारणसभामा संस्थाका सचिव सुविन श्रेष्ठले प्रगति र कोषाध्यक्ष राजु बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ५ सय ३१ जना शेयर सदस्य रहेको संस्थाको गत आर्थिक वर्षसम्म तीन करोड चारलाख ६५ हजार चारसय रुपैयाँ शेयर पुँजी, ९६ लाख ३९ हजार एकसय ४१ रुपैयाँ आम्दानी र ८६ लाख ८२ हजार छ सय ५२ रुपैयाँ खर्च भएको जनाइएको छ ।

वि.सं. २०६४ सालमा स्थापना भएको संस्था यसअघि बेनीको न्युरोडबाट सञ्चालन हुँदै आइरहेकोमा मङ्गलाघाटमा जग्गा खरिद गरी पाँचतले भवन निर्माणपछि सरेको हो । सञ्चार सहकारीले ८८ दशमलव २ मेगाहर्जमा म्याग्दीकाली एफएम तथा केबुल टिभी र इन्टरनेटको सेवा दिँदै आइरहेको छ ।

सोही अवसरमा संस्थामा स्थापनाकालदेखि हालसम्म निरन्तर रुपमा उत्कृष्ट कार्य गरेको भन्दै प्राविधिक प्रमुख हर्क लामिछानेलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो । भवन निर्माण व्यवसायी ध्रुव पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामजीप्रसाद सुवेदीको स्वागत र सचिव सुविन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...