मंगला शिक्षा क्याम्पसको दोस्रो सभा

Sinchai Khanipani notice

बाबियाचौर । बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसको दोस्रो सभा सोमबार सम्पन्न भएको छ ।

क्याम्पससभा उद्घाटन गर्दै बिघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले क्याम्पसको भवन निर्माणका लागि गत वर्ष निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम मार्फत ७० लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयो ।

थापाले महेन्द्ररत्न माध्यमिक विद्यालय बराङ्जामा करिब ३५ लाख रुपैयाँको लागतमा कम्प्युटर ल्याब स्थापना भएको मंगला माविमा नमुना विद्यालय कार्यक्रम सुरु गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समिति (जिसस) प्रमुख देवेन्द्रबहादुर केसीले मंगला शिक्षा क्याम्पसले पश्चिम म्याग्दीमा शैक्षिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

Bhautik ministry notice about road

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले सबैको सहयोगमा मंगला शिक्षा क्याम्पसको भवन निर्माण गरी अहिलेको अवस्थामा आएकोमा जोड दिँदै विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

क्याम्पसको आर्थिक पूर्वाधार संयोजक चन्द्रप्रसाद बुढाथोकी, गैरसरकारी तथा संघसंस्था विभाग संयोजक नरसिंहबहादुर केसी, गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, नेपाली कांग्रेसका जिल्ला सदस्य बलभद्र ढकाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, मंगला–३का वडा अध्यक्ष कविन्द्र रोका, पत्रकार हरिकृष्ण गौतम, क्याम्पस सञ्चालक समिति सदस्य यशोदा रोका र क्याम्पसका पूर्व विद्यार्थी मनकुमार जुग्जालीले मन्तव्य गर्नुभयो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम पौडेलको अध्यक्षता, क्याम्पस प्रमुख पितमबहादुर खत्रीको स्वागत र सहप्राध्यापक चन्द्रा रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पस सभाको बन्दसत्रले क्याम्पसको नयाँ सञ्चालक समिति निर्वाचित गर्ने जनाइएको छ ।
क्याम्पस सभाको अवसरमा क्याम्पसले थालेको आर्थिक सङ्कलन अभियान तथा जग्गा खरिदलगायत कार्यमा सहयोग गर्नेहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा सञ्चारमाध्यमबाट सहयोगी भूमिका खेलेको भन्दै पत्रकार हरिकृष्ण गौतमलाई सम्मान पत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो ।

तत्कालीन प्रतिनिधिसभा सदस्य थापाको सिफारिसमा गत वर्ष बिनियोजन भएको ७० लाख रुपैयाँको बजेटबाट लाम्पाटामा मंगला शिक्षा क्याम्पसको ८ कोठे भवन र शौचालय निर्माण भएको छ । यसैगरी मंगला गाउँपालिकाको गत आवमै २० लाख रुपैयाँ बजेटबाट निर्माणसम्पन्न भवनको तल्लो कोठामा रङरोगन तथा माथिल्लो तलामा पार्टेसनको काम गरिएको छ ।
त्यस्तै चालु वर्षमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा २५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कार्यान्वयनको क्रममा रहेको जनाइएको छ । यसअघि मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो । सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...