अरुणालाई सम्मान

Gandaki Pardesh notice

बेनी । नेपाली महिला भलिबल टिमकी कप्तान अरूणा शाहीलाई सोमबार बेनीमा जिल्ला भलिबल संघ, म्याग्दीले सम्मान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा पुस २८ मा आयोजित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधा विजेता शाहीलाई म्याग्दीका विभिन्न संघसंस्था र ब्यक्तिगत रुपमा नगद, दोसल्लाले सम्मान गरिएको थियो ।

नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा भलिबल महासंघका आजिवन सदस्य ओम गुरुङ, हरि श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनकुमार विश्वकर्मा, नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीले म्याग्दीमा जन्मिएर भलिबल खेलमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएकी कप्तान शाहीको हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भलिबल खेलमा राष्ट्रियस्तरको खेलाडी उत्पादन गरेको म्याग्दीमा लुकेका भलिबल खेलका प्रतिभाहरुलाई समेत उजागर गरी अवसर दिनुपर्नेमा जोड दिइएको थियो । सम्मान कार्यक्रममा बोल्दै कप्तान शाहीले आफ्नो सफलताको पछाडी जन्मभूमिबाट ठूलो साथ रहेको बताउनुभयो । ‘मैले खेलसँगै म्याग्दीबाट धेरै साथ पाएको छु,’ उहाँले भन्नुभयो ‘पिपल्स च्वाइसमा मनोनयनमास्वदेश तथा विदेशबाट पनि धेरै सहयोग गर्नुभयो ।’

खेलकुद सहित विभिन्न प्रतिस्पर्धात्मक खेलमा आवश्यक पर्दा जिल्लाबाट आर्थिक, भौतिक, नैतिक लगायतको सहयोग प्राप्त भएको बताउनुभयो । उहाले सम्मान कार्यक्रममा सहभागी विद्यार्थीलाई शिक्षालाई प्राथमिकता दिएर खेलकुद गतिविधिमा लाग्न सुझाब दिनुभयो । ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्,‘खेलकुदलाई माध्य ध्यान दिनुहुदैन’ शाहीले थप्नुभयो ।

जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता, सदस्य ध्रुब जिसीको स्वागत र अरुणा जिताउ अभियानका म्याग्दी संयोजक तेजेन्द्र बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...