फेन्सी ब्यवसायी समितिद्धारा बालबालिकालाई कपडा सहयोग

Gandaki Pardesh notice

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माबिका बिद्यार्थीहरुलाई आइतबार कपडा सहयोग गरेको छ । दृष्टिबिहिन स्रोत कक्षाका १२ जनालाई एक÷एक जोर स्विटर, टोपी र जुत्ता, तथा साधारणतर्फका बिपन्न १० जना बिद्यार्थीहरुलाई एक÷एक वटा स्कुल झोला सहयोग गरेको हो ।
कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीका अध्यक्ष रबीप्रसाद शर्मा, सचिब दामोदर शर्मा, सहसचिव देबीप्रसाद शर्मा र सदस्य रमेश चापागाइको टोलीले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्मा, प्रअ परशुराम गौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुबेदी, सल्लाहकार अर्जुन सुबेदीको उपस्थितिमा कपडा बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

समितिले जिल्ला प्रशसान कार्यालय मार्फत गत असारका पहिरो पिडितलाई लत्ताकपडा सहयोग गरेको थियो । गत वर्ष बेनी नगरपालिका क्षेत्रका ७५ जना चिसोको जोखिममा रहेकाहरुलाई न्यानो कपडा बितरण गरेको समितिले बेनी–लभ्लिहिल पदमार्ग सरसफाई लगायत सामाजिक काम गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...