बालगृहमा सहयोग रकम हस्तान्तरण

khali

बेनी । लायन्स कल्ब अफ बेनी सिटीले नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको म्याग्दी बालगृहलाई नगद हस्तान्तरण गरेको छ ।

तृप्ती फाउन्डेसनका संस्थापक हरि राम्जालीले उपलब्ध गराउनुभएको तीस हजार रुपैयाँ लायन्स कल्बका पदाधीकारीहरुको टोलीले शनिबार बालगृहलाई हस्तान्तरण गरेको हो ।

khali

बालगृहमा रहेका अनाथ बालबालिकाको पठनपाठनमा सघाउने उद्देश्यले कल्बले यो वर्ष सहित पाँच पटक सहयोग गरेको लायन्स कल्ब अफ बेनी सिटिका पुर्ब अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

कल्बका अध्यक्ष अमित बाँनिया, संस्थापक अध्यक्ष अम्बिककुमार श्रेष्ठ, पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठ लगायत कल्बका सदस्यहरुको उपस्थितिमा बालगृहका प्रमुख सुजन के.सी. लाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...