भरुवा बन्दुक सहित एक जना पक्राउ

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट शनिबार भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

Bhautik ministry notice about road

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी पठाइएको छ ।

फगामीको साथबाट भरुवा बन्दुकको साथै एक हजार ३८० ग्राम बारुद, काँटी सहितको १ थान सलाई, खैनिको डिब्बा भित्र केपहरु, तीन वटा फलामको रड बरामद गरेको छ । फगामीको घरबाट बरामद भएको बन्दुकको लाइसेन्स नभएकाले अबैध भएको प्रहरीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...