मंगलाले बनायो नमुना सडक

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक आयोजनाको पहिलो प्याकेज निर्माण सकिएको छ ।

बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया खण्ड स्तरोन्नति भएको हो ।

राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा दुई करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रदिप–जुम्ली जेभीले भ्याट सहित एक करोड ८३ लाख ३ हजार ५२४ रुपैयाँमा २०७६ चैत ७ गते ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news

सम्झौता लगत्तै भएको लकडाउनका कारण म्याद थप भएको आयोजना पुष अन्तिम साता सकिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । “गत आर्थिक बर्षमै सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना र लकडाउनले प्रभावित बनायो,” उहाँले भन्नुभयो “थप गरिएको छ महिनाको म्याद भित्रै ठेकेदारले काम सकेका छन् ।”

आयोजना मार्फत पोक, सातबिसे, ज्यामीरे र पहिरो खोरीया खण्डमा सडक बिस्तार, सोलिङ, पर्खाल र नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । बाह्ै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्य सहित ग्रामिण क्षेत्रको नमुना सडक बनाएको उपाध्यक्ष केसीको दाबी छ ।

सातबिसेमा दुई सय मिटर डाइभर्सन सडक निर्माण गरिनुका साथै यसअघि तीन देखि चार मिटर चौडा भएको सडकलाई बिस्तार गरेर सात मिटर फराकिलो बनाइएको गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको छ । बिभिन्न ठाउँमा साढे दुई सय मिटर पक्कि नाली र २०० मिटर दुरीमा मेसिनरी पर्खाल निर्माण भएको छ । ९५.५३ घनमिटर सोलिङ, ६०.९६ घनमिटर पिसिसी ढलान, २२४ घनमिटर पक्कि मेसिनरी पर्खाल र नाली, एक हजार ३४४ घनमिटर ग्याबीन जालीको पर्खाल लगाइएको छ ।

बिस्तारका लागि सात हजार ८८१ घनमिटर माटो कटिङ र स्टक्चरको फाउण्डेशनका लागि एक हजार २०६ घनमिटर कटिङ गरेको छ । सम्झौतामा नभएपनि ब्याक फिलिङको काम ठेकेदार आफैले गरेको छ ।

साबिक बरंजा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

बाहै महिना नियमित बस सञ्चालन गर्ने लक्ष्य सहित सडक स्तरोन्नतिको आयोजनालाई निरन्तरता दिएको अध्यक्ष रोकाले बताउनुभयो । उहाँले माटेबगर र अर्मनको सिमाना तथा फापरखेत र पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो ।

यी दुई वटा पुल बनेमा बरंजा र अर्मन बाबियाचौरसँग सिधा सडक सञ्जालमा जोडिने भएका छन् । बरंजा जोड्ने सडक आयोजनालाई यस वर्ष पनि निरन्तरता दिएको छ । यो गाउँपालिकाको गौरबको आयोजना हो । पोक देखि बुकेनी सम्मको दुरी ६ किलोमिटर छ ।

योजना आयोग र गाउँपालिकाको साझेदारीमा यसपालि पनि तीन करोड ३४ लाख रुपैयाँको लागत अनुमान गरिएको ठेक्का मूल्याङकनको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । पहिरो र भुक्षय रोकथामका लागि बिस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका बिरुवा रोप्ने योजना छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...