लोकदिप सहकारीद्धारा ८ लाख ब्याज छुट

Sinchai Khanipani notice

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले ९ करोड भन्दा बढी लगानी गरेको छ । एक करोड ३० लाख ९१ हजार ९ सय शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा ९ करोड ९३ लाख १ हजार १६० लगानी, १२ करोड ९७ लाख ८८ हजार ४५७ निक्षेप संकलन गरेको जनाएको छ ।
गत पुस २५–२९ गतेसम्म बेनीमा सम्पन्न भएको ७ औं साधारणसभामा कोरोना महामारीमा नियमित कर्जाको ब्याज तिर्ने शेयर सदस्यलाई राहत स्वरुप ७ लाख ९८ हजार ३२ रुपैयाँ ब्याजमा छुट समेत गरिएको प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिनुभयो । सहकारीमा कुल ६ सय ९२ जना सदस्य रहेका छन् ।
साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिका सहकारी शाखाका प्रमुख कुमार रिजालले सहकारीले तीनै तहका सरकारको सहकारी निती अनुसार सञ्चालन गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीका लगानी उत्पादनमुखी क्षेत्रमा लगानीसँगै जेष्ठ नागरिकलाई सुविधा दिने गरी सहकारीले प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।
साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले संस्थागत, सचिव ओमप्रसाद शर्माले प्रगति र कोषाध्यक्ष देबेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा सहकारीका अनुगमन उपसमिति संयोजक विरेन्द्र श्रेष्ठलाई म्याग्दी जेसीजको अध्यक्षमा निर्वाचित भएको उपलक्ष्यमा सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष गौतमको अध्यक्षता, स्वागत उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ र सञ्चालन प्रबन्धक सुबेदीले गर्नुभएको थियो ।
सहकारीले सेयर सदस्यलाई लक्षित गरी नयाँ बचत योजना, सहकारी सदस्य घरदैलो अभियान लगायत उपयुक्त सहकारीसँग एकआपसमा मर्जर समेत गर्ने जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...