घरघरमा पुगेर न्यानो कपडा बाँड्दै म्याग्दी प्रशासन

khali

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जाडोको जोखिममा रहेका नागरिकलाई घरघरमै पुगेर न्यानो कपडा बितरण गर्न थालेको छ ।

गृह मन्त्रालयको कार्यक्रम अनुसार म्याग्दीमा पनि प्रशासनका कर्मचारीहरु न्यानो कपडा बोकेर जोखिममा रहेका नागरिकको घरघरमा पुग्न थालेका हुन् ।

प्रहरी इकाई मार्फत चिसोको जोखिममा रहेका बिपन्न, असाहय र अशक्त नागरिकलाई न्यानो कपडा उपलब्ध गराउन कर्मचारीको टोली खटाएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

“जाडो याममा चिसोका कारण कसैले ज्यान गुमाउन नपरोस भनेर गृह मन्त्रालयले न्यानो कपडा बितरण गर्ने कार्यक्रम ल्याएको हो,” उहाँले भन्नुभयो “म्याग्दीमा प्रशासनका कर्मचारीहरु जोखिममा रहेका नागरिकको घरघरमा पुगेर न्यानो कपडा बितरण गरिरहनु भएको छ ।”

प्रहरी इकाईले १८० परिवार पहिचान गरेको थियो । हालसम्म मंगला, मालिका र धवलागिरी गाउँपालिकाको साथै बेनी नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाका ८० परिवारलाई न्यानो कपडा बितरण गरिएको छ ।

प्रतिव्यक्ति एक÷एक वटा बलाङकेट, ज्याकेट र टोपी उपलब्ध गराउने कार्यक्रम छ । प्रशासनको टोली न्यानो कपडा बाड्न शुक्रबार अन्नपूर्ण गाउँपालिकामा गएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...