म्याग्दीका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

Gandaki Pardesh notice

बेनी । रक्तअल्पताको समस्या कम गर्न म्याग्दीका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी भएको छ ।

बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई रक्तअल्पता हुनबाट बचाउन चक्कि खुवाउने तयारी भएको हो । कार्यक्रमको वडा स्तरमा अभिमुखीकरणको जिम्मेवारी पाएको सुआहारा कार्यक्रम सञ्चालन गरेको गैरसरकारी संस्थाले अभिमुखीकरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

मिलन म्याग्दीको सुआहारा कार्यक्रमकी फिल्ड संयोजक गरिमा पुनले शनिबार गुर्जा र शिखमा वडा स्तरको अभिमुखीकरण सकिने जानकारी दिनुभयो । सबै वडाका प्रअ, महिला स्वास्थ्य स्वमसेविका, स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण सकिएपछि आइतबार देखि आइरन चक्कि बितरण सुरु गरिने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पालिका स्तरीय अभिमुखीकरण यसअघिनै सकिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखाहरुले बिद्यालय, स्वास्थ्य संस्था र स्वमसेबिका मार्फत चक्की बितरण गर्ने कार्यक्रम बनाएका छन् । आइरनको कमीले हुने रक्तअल्पताको नियन्त्रण मार्फत किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउने, किशोरीहरुमा रक्तअल्पता न्यून गर्ने र पोषण शिक्षा मार्फत किशोरीहरुमा आइरनयुक्त खानाको सेवन गर्ने ब्यवहार सुधार ल्याउने यो कार्यक्रमको उद्देश्य हो ।

माघ, फागुन र चैत महिनाको १३ हप्तामा प्रत्येक हप्ताको एक दिनका दरले आइरन फोनिक चक्कि खुवाउने कार्यक्रम छ । त्यसको १३ हप्ता पछि पुन लगातार १३ हप्ता प्रत्येक हप्ताको एक वटाका दरले बितरण गरिने भएको छ ।

नेपालमा ४४ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या पहिचान भएको थियो । बिश्व स्वास्थ्य संगठनले २० प्रतिशत भन्दा बढीमा रक्तअल्पता देखिएको देशहरुमा आइरन फोलिक एसिड चक्कि खुवाउन सिफारिस गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...