मालिकाका पहिरो पिडितको पुनस्थापनाका लागि पचास लाख बिनियोजन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले गत बर्खाको पहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि पचास लाख रुपैयाँ बिनियोजन गरेको छ ।

दरवाङमा बुधबार भएको आठौ गाउँसभाले पहिरो पिडितको पुनस्थापनाका लागि पचास लाख र दरवाङको नदी नियन्त्रण योजनाका लागि साठी लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो । गत आर्थिक बर्षको खर्च हुन बाँकी अल्याय, शिर्षकान्तर तथा रकमान्तरबाट बिनियोजन भएको बजेट कार्यबिधि अनुसार खर्च गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा भएको सभाले गत आर्थिक बर्षमा खर्च नभएको र बाडफाँड हुन बाँकी सात करोड २७ लाख ३५ हजार रुपैयाँ बिभिन्न योजनाहरुलाई बिनियोजन गरेको छ । बिभिन्न योजनाहरुका लागि बिनियोजन भएको ९५ लाख ८५ हजार रुपैयाँ रकमान्तर भएको छ । २१ वटा योजना तथा कार्यत्रम ससोधन गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत प्राप्त एक करोड ८८ लाख १ हजार रुपैयाँ बजेट बिभिन्न ठाउँमा पदमार्ग निर्माणमा प्राथमिकता दिएर बिनियोजन भएको छ । प्राकृतिक स्रोत तथा बातावरण संरक्षण ऐन, संस्था दर्ता, जलस्रोत उपयोग बिधेयक र १६ वटा कार्यबिधी पारित भएको छ ।

(घ) बर्गको निर्माण ब्यवसायी इजाजतपत्र बितरण सम्बन्धी कार्यबिधि २०७७, बिपद् ब्यवस्थापन सञ्चालन कोष ब्यवस्थापन कार्यबिधि, सुरक्षित बिपन्न आवास कार्यक्रम सञ्चालन कार्यबिधि, सुत्केरी प्रोत्साहन भत्ता बितरण कार्यबिधि, गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम सञ्चालन कार्यबिधि, स्थानीय तालिम सञ्चालन कार्यबिधि पारित भएको छ ।

यस्तै योजना तर्जुमा कार्यान्वयन तथा ब्यवस्थापन कार्यबिधि, खेलकुद सञ्चालन सम्बन्धी कार्यबिधि, आकस्मिक कोष सञ्चालन तथा ब्यवस्थापन कार्यबिधि, समपुरक कोष सञ्चालन तथा ब्यवस्थापन कार्यबिधि, नक्सा पास सम्बन्धी कार्यबिधि, मर्मत सम्भार कोष सञ्चालन निर्देशिका र कन्टेन्जेन्सी रकम ब्यवस्थापन कार्यबिधि अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष रोकाले बजेट बिनियोजन भएका योजनाको पारदर्शी, जनसहभागितात्मक र प्रभावकारी कार्यान्वयनमा जुट्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...