फरार प्रतिबादी पक्राउ देखि अनुसन्धानमा प्रबिधिको प्रयोग गरेका गतिबिधि सार्वजनिक गर्दै बिदाई भए डिएसपी कुँवर

Gandaki Pardesh notice

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो एक वर्षमा भएका गतिबिधिको बिबरण सार्वजनिक गरेको छ ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौमा सरुवा भएका प्रहरी नायब उपरिक्षक किरनजंङ्ग कुँवरले आफ्नो कार्यकालमा भएका गतिबिधि सार्वजनिक गरेर बिहीबार बिदाई हुनुभएको हो ।

प्रनाउ कुँवरले प्रहरी कार्यालयमा प्रहरी निरिक्षक र अधिकारहरुलाई साक्षि राखेर पत्रकारहरु मार्फत पछिल्लो एक वर्षमा बिपद् ब्यवस्थापन र कोरोना रोकथामका साथै फरार प्रतिबादी पक्राउ देखि अपराध अनुसन्धानमा आधुनिक प्रबिधिको प्रयोग सम्मका बिबरण सार्वजनिक गर्नुभयो ।

Shreekrishna hardwear in news

कुँवर २०७६ पुष अन्तिम साता प्रहरी प्रधान कार्यालयबाट सरुवा भएर म्याग्दी आउनुभएको थियो । एक वर्षको अवधिमा प्रहरी कार्यालयमा १५३ वटा मुद्दा दर्ता भएकोमा ८५ वटा फस्यौट भएका र ६८ वटा प्रक्रियामा रहेका प्रनाउ कुँवरले बताउनुभयो ।

दर्ता भएका मुद्दामा संलग्न १४६ जना मध्य १४० जना पुरुष र ६ जना महिला पक्राउ परेका जानकारी दिनुभयो । सवारी ज्यान मुद्दाका ५ जना सहित ६ जना पक्राउ गर्नुपर्नेको सूचिमा छन् ।

अदालतले बिभिन्न मुद्दामा दोषी ठहराएका ९५ जना फरार प्रतिबादी मध्य बिशेष टोली परिचालन गरेर दुई महिनाको अवधिमा ६ जना महिला सहित २६ जनालाई पक्राउ गरेको छ । उनिहरुबाट ११७ वर्ष ५ महिना ५ दिन कैद र दुई लाख ४० हजार ४९९ रुपैयाँ जरिवाना असुल गरेको प्रहरीले फरार प्रतिबादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

राज्यद्धारा प्रतिबन्धित विप्लप नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी, जनसरकार प्रमुख र युवा संयोजकलाई पक्राउ गरेर ६ वटा मुद्दा चलाएको प्रनाउ कुँवरले बताउनुभयो । कोरोनाको जोखिमका कारण भिडियो कन्फरेन्स मार्फत अदालतमा मुद्दाको म्याद थप गर्ने अभ्यास सुरु गरेको म्याग्दी प्रहरीले अनिल कटुवालको शंकास्पद मृत्युको अनुसन्धानका क्रममा पोलिग्राप परिक्षण देखि बिज्ञको समेत राय लिएको थियो ।

Bhautik ministry notice about road

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई कोरोना रोकथामका लागि सचेतना फैलाउन स्थानीय तहहरुसँग समन्वय गरेर स्वमसेवक परिचालन गर्ने म्याग्दीमा सुरु भएको अबधारणा र कन्ट्याक्ट टे«सिङको बिधि राष्ट्रियकरण भएको कुँबरले बताउनुभयो ।

जिल्लाभर पालिकाहरु सँग समन्वय गरेर २२५ जना स्वमसेवक परिचालन भएका थिए । होल्डिङ सेन्टर, कालीपुलको नाकामा अटोमेटिक बुम बेरियर सञ्चालन गरिएको, लकडाउन उल्लङ्कन गर्ने र मास्क नलगाउने ३५२ जनालाई कारबाही गरिएको बताउनुभयो ।

प्रहरीसँग एक दिन कार्यक्रम अन्तरगत विभिन्न १५ वटा बिद्यालयका बिद्यार्थीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीमा उजुरी गर्ने देखि अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियाका बिषयमा जानकारी गराइएको थियो । सडक र सुरक्षा सम्बन्धी ३४५ वटा कार्यक्रम गरेको, १५ हजार ४०२ पटक गस्ति गरेको छ ।

गत असारमा एकै पटक धेरै ठाउँमा पहिरो गएको र पैदलमार्ग समेत अवरुद्ध भएको अवस्थामा घाइतेको उद्धार तथा उपचार गरेर पुरिएका, बगेका र बेपत्ता भएका बाहेक थपको ज्यान जानबाट बचाएको कुँबरले बताउनुभयो ।

सुरक्षा ब्यवस्थापनलाई प्रभावकारी बनाउन तल्लो तहका प्रहरी कर्मचारीलाई केन्द्रित गरेर सुबिधामा सहजता गराएको, जवानको मेसको स्तर सुधार गरेको बताउनुभयो । पालिका स्तरका बिपद्, दुर्घटना र अपराधको बिद्युतिय अभिलेखीकरणका लागि सबै चौकीमा कम्युटर, स्क्यारन सहितको प्रिन्टर र इन्टरनेट जडान सुरु गरेको बताउनुभयो ।

जाँदा जादै नागरिक सहायता, स्तनपान र तालिम तथा बैठक कक्ष स्थापना गरेका प्रनाउ कुँबरले मौवाफाँटमा प्रदेश सरकारको सहयोगमा प्रहरी चौकीको भवन निर्माण सुरु भएको बताउनुभयो ।

धवलागिरीको मुनामा चौकीको भवन बनाउन जग्गा प्राप्ति प्रक्रिया अघि बढेको जानकारी दिदै उहाँले समाजको सकारात्मक सहयोगका कारण सुरक्षा, विपद् ब्यवस्थापन, अपराध नियन्त्रण र दुर्घटना न्युनीकरणमा सहज भएको बताउनुभयो । राजनीतिक समदुरिमा रहेर काम गरेको बताउदै कुँबरले दलको समझदारीमा दन्द्ध ब्यवस्थापन गर्न सफल भएको बताउनुभयो ।

पछिल्लो समय सुरु गरिएको नदी लगायत प्राकृतिक स्रोतको दोहन, वनपैदावारको चोरी निकाशी, बन्यजन्तुको चोरी शिकारी नियन्त्रण अभियानमा आगामी सुरक्षा नेतृत्वले निरन्तरता दिएर थप प्रभावकारी बनाउने कुँबरको अपेक्षा छ । सवारी साधनको महँगो भाडादर नियन्त्रण हुन नसकेको कुँवरप्रति नागरिकको गुनासो छ । श्याम कुमार राई म्याग्दी प्रहरी प्रमुखको रुपमा आउदै हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...