अर्थुङ्गेका सुकुम्बासी तुलबहादुरले घर पाए

Beni Sanjibani

बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका सुकम्बासी तुलबहादुर भण्डारीको परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

वडाका जनप्रतिनिधि र स्थानीय अगुवाहरुको पहलमा ब्यवस्थापन गरिएको जग्गामा निर्माण गरिएको दुई कोठे घर बिहीबार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको हो ।

६२ बर्षअघि रघुगंगा गाउँपालिकाको पिप्लेबाट दोस्रो बिवाह गरेकी आमासँगै अर्थुगे आएका भण्डारी अर्काको जग्गामा टहरा बनाएर बस्दै आएका थिए । अर्थुङ्गेमा आएपछि भण्डारीकी आमाले अर्को बुवातर्फबाट जन्माएका भाईले टहरा बनाउन जग्गा दिएपनि लालपुर्जा दिएका थिएनन् ।

Mangala Health notice about Je

उभिदा टाउको ठोक्किने, जस्तापाटाले छाएको, ब्यवस्थित शौचालय, पिढी नभएको, साँघुरो र चुहिने अवस्थाको भण्डारीको घर जिर्ण बनेको थिए । जेठी छोरीको बिवाह भइसकेको छ । अपाङ्ग रहेकी कान्छि छोरी, श्रीमति र तुलबहादुरको टहराको बसाई कस्टकर बनेको थियो ।

जामुनाखर्क माबिका पुर्ब शिक्षक अमर बानिया, शिरिर, बसन्त बानिया, पार्वति श्रेष्ठ लगायत राम्चे सामुदायिक वन उपभोक्ता समूहको पहलमा जग्गा ब्यवस्थापन गरेर समुदाय स्तरबाट आर्थिक स्रोत जुटाई घर बनाएर भण्डारीलाई उपलब्ध गराइएको वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो ।

Beni nagarpalika ko janahit ma jari notice

करिब चार आना जग्गा ब्यवस्थापन गरिएको थियो । जग्गा सम्माउनका लागि अर्थुङ्गे युनाइटेड क्लवका अध्यक्ष शिशिर शाहीको नेतृत्वमा युवाहरुले दुई दिन श्रमदान गरेका थिए । भण्डारीको घर निर्माणको अगुवाई गर्नुभएका बसन्त बानियाले स्बदेश तथा बिदेशमा रहेकाहरुबाट दुई लाख ५९ हजार ५५३ रुपैयाँ सहयोग संकलन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई लाख १६ हजार ७५ रुपैयाँ खर्च भएको छ । बचत भएको ४३ हजार ४७८ रुपैयाँ शौचालय निर्माणमा परिचालन गरिने बानियाले बताउनुभयो । आर्थिक संकलनका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान सञ्चालन गरिएको थियो ।

सहयोगदाता बेनीका ब्यवसायी हरि भण्डारीले सामाजिक सञ्जालमा गरिएको अपिल पढेपछि आफ्नै छिमेकी गाउँका भण्डारीको घर बनाउन सहयोग गरेको बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा पुग्नुभएका रघुगंगा गाउँपालिका–२ भगवतिका वडा अध्यक्ष रिमबहादुर कटुवाल र अर्थुङ्गेका अगुवा नगेन्द्र खत्रीले कार्यक्रममै पाँच÷पाँच हजार रुपैयाँ उपलब्ध गराउनुभएको थियो ।

वडा सदस्य गणेश शाहीले सहयोगदाता र घर निर्माणमा खटिएकाहरुलाई धन्यवाद दिनुभएको थियो । घर बनाउन बेनी नगरपालिकाले जस्तापाटा उपलब्ध गराएको थियो । बेनी नगरपालिका–६ मा यसअघि समुदाय र जनप्रतिनिधिहरुको पहलमा दुई सुकुम्बासी परिवारका लागि घर निर्माण भएको थियो । सिता बानिया र पुष्पा बिकलाई घर बनाएर हस्तान्तरण गरेको वडा अध्यक्ष बानियाले बताउनुभयो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...