रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा सम्पन्न

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष समेत रहनुभएका नेपाल बिद्युत प्राधिकरणका कायम मुकायम निर्देशक हितेन्द्रदेव शाक्यको अध्यक्षतामा भएको साधारणसभाले प्रबन्ध सञ्चालक गणेश केसीले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ ।

Bhautik ministry notice about road

२०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी हो । यो कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । साधारणसभामा राहुघाट जलबिद्युत आयोजना निर्माणमा भएका प्रगति र आगामी कार्ययोजनाको बिषयमा छलफल भएको थियो ।

Shreekrishna hardwear in news

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा बिद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
इलेक्ट्रोमेकानीकल तर्फ २०७६ कार्तिक महिनामा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार क्ष्ख्च्ऋी सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट निर्माण अघि बढाइएको थियो ।
४५ महिनाको ठेक्का अवधि भएको सिभिल ठेकेदारले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका वडा न. ३ को तिल्केनीचौरमा बिद्यूतगृह निर्माणको काम सुरु गरेको छ । पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्ल स्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रबिधिको मोटर चल्ने पुल निर्माण सम्पन्न भइ बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडेको छ ।
छ किलोमिटर २०० मिटर लामो सुरुङ निर्माण हुने यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइप जडान गरेर २९२ मि. उचाईबाट पानी खसाली बिद्युत उत्पादन गर्ने लक्ष्य छ । अधेरीखोलामा अडिट २, पिप्लेमा अडिट ३ र तिल्केनी चौरमा अडिट न. ४ खन्ने कार्य सम्पन्न गरि ति अडिटहरुबाट सुरुङ खन्ने कार्य भइ रहेको छ । हाल सम्म करिब ६२० मि. सुरुङ खन्ने कार्य सम्पन्न भइ सकेको छ । बाँध निर्माणको लागि हाल राइट ब्यांक एक्साभेसन कार्य भइ रहेको छ भने अडिट १ को निर्माण कार्य सुरु भइ सकेको छ ।
सिभिल ठेकेदारले तीन वटा अडिट निर्माण कार्य कोरोना (भाइरस)को जोखिम, लकडाउन र बाढी पहिरोको असहज अवस्थामै सकेको थियो । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण भइरहेको छ । ४८ मि. सर्ज साफ्ट निर्माण कार्य सम्पन्न भइ सकेको छ । सिभिल ठेकेदारले बाँध, सुरुङ र बिद्युतगृह निर्माण कार्यलाई एकैसाथ तिब्रता दिएको छ । समग्रमा सिभिल तर्फ २० र इलेक्ट्रोमेकानिकल तर्फ १० प्रतिशत गरि कुल ३० प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ ।
पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीको लागि आवास तथा कार्यलय संचालनको लागि १५ वटा भवन निर्माण भइ सकेको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरि हाल विस्तृत डिजाइङको कार्यलाई तिब्रता दिएको छ । कोभिडको कारणले साइट माविलाइजेशन गर्न नसकेको भेलले साइट माविलाइजेशन गर्ने तयारी गरिरहेको छ ।
राहुघाट जलबिद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्ग र स्थायी स्टिल ट्रस पुलबाट प्रभावित क्षेत्रका बासिन्दाहरुलाई पनि सुबिधा पुगेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत झिँ देखि बुग्ल जोड्ने सडक, घुमाउनेतालमा खेलमैदान निर्माण, बलास्टिङबाट प्रभावित घरधुरीलाई अस्थाई बसोबासका लागि आवास भवन निर्माण लगायतका गतिबिधि भएका छन् ।
राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । पावरहाउस देखि बाँधतर्फ जाने बाटोमा पर्ने बुग्लको पहिरो यस आयोजनाको चुनौति बनेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...