बोनम्यारो पिडित गिरीको उपचारका लागि सहयोगको अपिल

Gandaki Pardesh notice

सिजन रोका
बाबियाचौर । बोनम्यारो रोगबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–३ भोर्लेनीकी नन्दकुमारी गिरीको आर्थिक अभावमा उपचार प्रभावित भएको छ ।

बिगत ६ महिनादेखि थला परेकी २५ वर्षीया गिरीलाई दुई महिनाअघि शरिरमा रगत उत्पादन गर्ने तत्व बोनम्यारोले काम नगरेको पहिचान भएको थियो । रोग पहिचानमा १५ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

Bhautik ministry notice about road

बोनम्यारो प्रत्यारोपणका लागि थप २५ देखि ३० लाख रुपैयाँ आवश्यक पर्ने नन्दकुमारीका भाई कमल गिरीले बताउनुभयो । “भैरहवा, पोखराका विभिन्न अस्पताल चाहार्दा चाहार्दै दुई महिना अघि मात्रै बोनम्यारो भएको पत्ता लागेको थियो,” उहाँले भन्नुभयो “परिवार र आफन्तसँग भएको रकम खर्च भइसक्यो । आर्थिक अभावका कारण थप उपचार र बोनम्यारो प्रत्यारोपण प्रभावित भएको छ ।”

Shreekrishna hardwear in news

उनलाई काठमाडौको सिभिल अस्पतालमा भर्ना गरिएको छ । नेपालमा बिर र सिभिल अस्पतालमा मात्रै बोनम्यारो प्रत्यारोपण हुन्छ । गाउँमा खेतीकिसानी गरेर जिविकोपार्जन गर्दै आएका गिरी परिवार आर्थिक अभावमा पिरोलिएका छन् ।

उनिहरुले नन्दकुमारीको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग गरेर जिवनरक्षा गरिदिन अपिल गरेका छन् । नन्दकुमारीको श्रीमान र तीन वर्षका एक छोरा छन् । सहयोगका लागि कमल गिरीको नाममा प्रभु बैंकको बाबियाचौर शाखामा १५००११०६५७२०००११ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि कमल गिरी मोवाइल न.९७४१७१०६२८

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...