अरुणा लोकप्रिय खेलाडी

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेर (लोकप्रिय) खेलाडी बन्नुभएको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको हो । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जित्नुभएको हो ।

अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्नुभएको हो । २७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्नुभयो ।

Shreekrishna hardwear in news

यस विधामा करातेका मन्देकाजीले २८.४५७ प्रतिशत मत ल्याउनुभयो । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरेकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् ।

म्याग्दीको बेनीमा जन्मीएकी अरुणाको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो।

Bhautik ministry notice about road

त्यस्तै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि महिला भलिबल टिमले रजत जितेको थियो। साग इतिहासमा नेपाली महिला भलिबल टिमले फाइनल खेलेको यो पहिलो पटक हो ।

फाइनलमा भारतसँग दुई सेटको अग्रता लिएर पनि ऐतिहासिक स्वर्ण पदक जित्नबाट नेपाली महिला भलिबल टिम चुकेको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका –३ पिप्लेकी शाहीले अवार्ड जिताउन भोट गर्नेहरुलाई धन्यवाद दिदै चुनौति र जिम्मेवारी थपिएको बताउनुभयो ।

राष्ट्रिय टोलीबाट माल्दिप्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी हात पारेको थियो ।

कक्षा आठ पढ्दा बि.स २०६४ मा बेनीमा भएको जिल्ला स्तरको अन्तर मावि खेलकुद प्रतियोगिताबाट ब्यवसायिक खेल क्षेत्रमा छिरेकी अरुणाले त्यही वर्ष म्याग्दीलाई तत्कालिन विकास क्षेत्र स्तरीय प्रतियोगितामा बिजेता बनाउनुभएको थियो । शाहीको भलिबल खेल क्षेत्रमा ब्यवसायिक यात्रा भने पोखराको ज्ञानुबाबा माविमा पढ्न थालेपछि भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...