धवलागिरीमा योजना सम्झौता धमाधम

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि धमाधम सम्झौता गरिरहेको छ ।

प्राबिधिक रुपमा सर्बेक्षण गरेर लागत अनुमान र डिजाइन तयार पारिएका योजनाको उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयन प्रक्रियामा जुटेको हो । वडा न. १ गुर्जा, ५ मल्कवाङ, ६ मराङ र ७ ताकमका अधिकांश उपभोक्ता समितिसँग सम्झौता भइसकेको छ ।

सोमबार वडा न. २ लुलाङ, ३ मुना र ४ मुदीका २० वटा उपभोक्ता समितिका पदाधीकारीलाई कार्यालयमै बोलाएर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताउनुभयो । उहाँका अनुसार थप ४ वटा योजना सम्झौताको क्रममा छन् ।

Shreekrishna hardwear in news

यसअघि आइतबार वडा न. ७ ताकमको वडा कार्यालयमै घुम्ति शिविर सञ्चालन गरेर १३ वटा उपभोक्ता समितिसँग सम्झौता गरिएको पुर्बाधार शाखाका प्रमुख इञ्जिनियर सोबिन जिसीले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रमुख प्रशासकीय अधिकृत पौडेल, लेखा अधिकृत कृष्ण खराल, इञ्जिनियर जिसी, प्राबिधिक रमेश रावल र महिला बिकास शाखाकी शिलु आलेको टोलीले वडामै योजना सम्झौता गरेको थियो । वडा अध्यक्ष कलानिधी शर्मा, वडा सदस्य देबबहादुर थापा लगायतले सहजिकरण गर्नुभएको थियो ।

यसअघि वडा न. ६ मराङ र वडा न. ५ मल्कवाङका १९ वटा योजनाका उपभोक्ता समितिसँग मराङमा घुम्ति शिविर सञ्चालन गरेर योजना सम्झौता गरिएको थियो । गुर्जाका तीन वटा योजनाका उपभोक्ता समितिले कार्यालयमै आएर सम्झौता गरिसकेका छन् ।

गाउँपालिकाका कर्मचारीहरु वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिका पदाधीकारीहरुलाई कार्यालयमा जाने समयको बचत र झञ्जट हटेको छ । सहज र सरल हिसाबले नागरिकलाई सेवा उपलब्ध गराउन वडामै पुगेर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाले पुर्बाधार सम्बन्धी १२० वटा योजना बनाएको छ । जस मध्य ४ वटा ठेक्का प्रक्रियाबाट कार्यान्वयन सुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...