हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको माग गर्दै प्रर्दशन

Sinchai Khanipani notice

बेनी । नेपालमा हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था पुनस्थापनाको माग गर्दै सोमबार बेनीमा प्रर्दशन भएको छ ।

राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीले पृथ्वी जयन्तिको अवसरमा मोटरसाइकल, पैदल ¥यालीका साथै कोणसभाको आयोजना गरेको हो । बेनीको खुल्ला मञ्चबाट सुरु भएको ¥याली मंगलाघाट, न्युरोड, कालीपुल, गणेशटोल, बालमन्दिरचोक हुदै दुरसञ्चार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनमा सहभागिहरुले राज संस्थाको पुनस्थापना गर्नुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, संघीयताको खारेज गर्नुपर्ने, भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने माग सहितका नारा लगाएका थिए । नेपालको राष्ट्रिय र अँ लेखिएको झण्डा ¥यालीमा सहभागीले प्रयोग गरेका थिए ।

Shreekrishna hardwear in news

कोणसभामा राप्रपाका नेता तथा पुर्ब राज्यमन्त्री भिमप्रसाद गौचनले नेपालमा हिन्दु राष्ट्र कायम गर्ने बिषयमा जनमत संग्रह गर्नुपर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउन संबैधानिक राजसंस्थाको पुनस्थापना आवश्यकता रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

नेपालको बजेटले धान्न नसक्ने भएकाले महँगो संघीय ब्यवस्था खारेज गर्नुपर्ने बताउदै नेता गौचनले काँग्रेस, एमाले र माओवादीले हिन्दु धर्मलाई बेचेर खाएको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको बिवादका कारण सनकको भरमा प्रतिनिधिसभा बिघटन गर्नु गलत भएपनि ताजा जनादेशका लागि चुनावमा जानुको बिकल्प नभएको गौचनले बताउनुभयो ।

‘युवा अवस्थामै राजनीतिमा लागेर जिल्ला देखि केन्द्र सम्मको नेतृत्वमा पु¥याएर म्याग्देली जनताले लगाएको गुन बिर्सीएको छैन,’ सम्बोधनको अन्तिमतिर सक्रिय राजनीति सक्रिय रहने सन्देश दिदै ८० वर्षीय गौचनले भन्नुभयो ‘मेरो बाँकी जिवन पनि तपाइहरुकै सेवामा सपर्मण गर्न तयार छु ।’

राष्ट्रिय जागरण युवा सञ्जाल म्याग्दीका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता, देबेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पण्डीत भिमनाथ पराजुलीले हिन्दु धर्म नेपालको राष्ट्रिय पहिचान भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...