बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा म्याग्दी जेसीजको नयाँ कार्यसमिति चयन

khali

बेनी । युवाहरुको नेतृत्व, क्षमता बिकास र सामाजिक गतिबिधिमा सक्रिय संस्था म्याग्दी जेसीजको सन २०२१ को लागि बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार बिहान सकिएको २१ अधिवेशन तथा २२ औ साधारणसभाबाट निर्वाचित कार्यसमितिको बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, महासचिवमा दिनेश बिश्वकर्मा, कोषाध्यक्षमा कुमार बानिया र सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ मनोनित हुनुभएको छ ।

यसैगरी कार्यकारी उपाध्यक्षमा बिष्मा श्रेष्ठ, सुमन बानिया, उपाध्यक्षमा डेकमाया केसी र नरेश श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठले शाखा सम्पादकमा हरि भण्डारी, कानुनी सल्लाहकारमा खम थापा र अध्यक्ष सल्लाहकारमा शैलेश श्रेष्ठलाई मनोनित गर्नुभएको छ ।

Shreekrishna hardwear in news

नवबिर्चाचित पदाधीकारीहरुलाई नेपाल जेसीजका पुर्ब अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, नेपाल जेसीज २०२१ का उपाध्यक्ष तथा म्याग्दी जेसीजको २०२० का शाखा अध्यक्ष सुजन बरुवाल, पुर्ब शाखा अध्यक्षहरु बिजयकुमार श्रेष्ठ, इश्वर श्रेष्ठ, सुबिन श्रेष्ठ, बिनय श्रेष्ठ लगायतले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

khali

नबनिर्बाचित अध्यक्ष श्रेष्ठले जेसीजको लक्ष्य र उद्देश्य अनुसार विगतका शाखाको भन्दा उत्कृष्ट २१ वटा कार्यक्रम गर्ने घोषणा गर्नुभयो । ‘मैले काम गरेर देखाउँछु अनी बल्ला कुरा गर्छु’ उहाँले भन्नुभयो ‘चुनौतिका बिच हाम्रो कार्यकाललाई सफल बनाउने दायित्व पुरा गर्न प्रतिवद्ध छौ । यसमा सबैको साथ र सहयोग हुने अपेक्षा गर्दछु ।

जेसीजले म्याग्दीमा युवाहरुको नेतृत्व, क्षमता बिकास, संस्कृति संरक्षण, खेलकुद, विपद् ब्यवस्थापन, सामाजिक सचेतना अभिवृद्धी, पर्यटन प्रर्वद्धनसँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ ।

यसैबीच शाखा अध्यक्षका प्रत्यासी भरत रकालको समूहले जेसीजबाट राजिनामा घोषणा गर्दै अधिवेशनको नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाएनन् । २७ जनाले राजिनामा घोषणा गरेकोमा ९ जनाले फिर्ता गरेका निर्वाचन मण्डलका संयोजक खम थापाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...