बेनी अस्पतालले जलजलाको शब पोष्ट् मार्टम गर्न छाडेपछि समस्या

Gandaki Pardesh notice

बेनी । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शबको पोष्ट् मार्टम गर्न छाडेपछि पिडा माथि पिडा भएको छ ।

दुर्घटना, विपद्, आत्महत्याका कारण ज्यान गुमाएकोको शब नजिकैको बेनी अस्प्तालले पोष्ट मार्टम गर्न नमानेपछि कुश्मा लैजादाँ सास्ति, झञ्जट र दुःख भएको छ । गत बिहीबार म्याग्दी बेनीसँगैको पर्वत बेनीमा बस्ने २३ वर्षीया युवतिले आत्महत्या गरिन् ।

करिब ८ बजे पर्वत बेनीबाट बेनी अस्पताल ल्याइएको शव परिक्षणका लागि दुई घण्टासम्म गाडीमै राखियो । अस्पतालका चिकित्सकले बेजिल्लाको शव परिक्षण नगर्ने अडान लिएपछि अन्तत राती १० बजे गाडी खोजेर कुश्मा स्थित पर्वत अस्पतालमा पठाइएको थियो ।

Shreekrishna hardwear in news

आर्थिक रुपमा बिपन्न ति युवतिका आफन्तहरुले कुश्मामा परिक्षण गराएपछि शुक्रबार वारीबेनी स्थित कालीगण्डकी किनारको घाटमा दाहसंस्कार गरेका थिए । पछिल्लो समय सिमाना जोडिएको बेनी अस्पतालले जलजलाको शव परिक्षण गर्न नमानेपछि मृतकका परिवार र आफन्तलाई पिडा माथि पिडा भएको वारीबेनीका दिलिप बरुवालले बताउनुभयो ।

Bhautik ministry notice about road

“बेनीमै पोष्ट्मार्टम गर्दा नजिकै भएकाले सबैलाई सजिलो भएको थियो,” उहाँले भन्नुभयो “शव बोकेर कुश्मा पु¥याउँदा धेरै सास्ति र दुख भएको छ ।” शव बोक्ने गाडी नपाउने, बढी भाडा तिर्नुपर्ने समस्या छ ।

जलजला गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दालाई कुश्मा स्थित पर्वत अस्पताल भन्दा म्याग्दीको बेनी अस्पताल नजिक पर्छ । फरक जिल्ला भएपनि मल्लाज र बेनीको ब्यापारिक, आर्थिक, सामाजिक सम्बन्ध एकै जिल्ला सरहको छ ।
वार्षिक रुपमा दश वटाको हाराहारीमा मल्लाज क्षेत्रका शव परिक्षणका लागि बेनी अस्पतालमा ल्याउने गरेका छन् । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गएकाको कानुनी प्रक्रिया पुरा गर्नका लागि शवको परिक्षण गर्नुपर्ने नियम छ ।

शवको पोष्ट् मार्टम गर्ने जस्तो मानवीय संवेदना जोडिएको बिषयमा बेनी अस्पतालले बेजिल्लाको बाहनामा बिभेद गर्न थालेकोमा जलजलाका बासिन्दाहरुले गुनासो गरेका छन् । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अब्यवहारिक कानुनी प्रक्रियाका कारण बेजिल्लाको शव परिक्षण गर्न चिकित्सक पछि हटेका बताउनुभयो ।

“जनताका लागि सजिलो र छिटो सुबिधा होस भनेर बेजिल्ला भएपनि मल्लाज क्षेत्रको शव बेनी अस्पतालमै पोष्ट मार्टम हुन्थ्यो,” उहाँले भन्नुभयो “बेजिल्लाको अदालतमा बयान दिन जान झञ्जट हुने र भ्रमण खर्च नपाउने भएकाले पछि हटेका हुन् ।”

जलजला गाउँकार्यपालिकाको प्रबत्ता समेत रहनुभएका वडा न. ३ का अध्यक्ष देबिन्द्र भण्डारी (रबी)ले बेनी अस्पतालले शव परिक्षण गर्न नमानेपछि नागरिकले दुख र सास्ति पाएको गुनासो बढेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मार्फत समस्या समाधान गर्न पहल गरिएको उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...