निशा सुबेदीलाई मृगौला प्रत्यारोपणका लागि तीन लाख सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरकी २७ वर्षीया निशा सुबेदीको मृगौला प्रत्यारोपणका लागि आइतबार तीन लाख रुपैयाँ सहयोग गरिएको छ ।

ओमकुमारी शान्ति कोषको संयोजनमा संकलन भएको रकम निशा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीलाई हस्तान्तरण गरिएको हो । निशाको उपचारका लागि यसअघि २५ हजार रुपैयाँ उपलब्ध गराएको कोषले थप ७४ हजार ४०० रुपैयाँ सहयोग गरेको छ ।

Bhautik ministry notice about road

कोषका अध्यक्ष राजेश शाक्यको नेतृत्वमा एक लाख साठी हजार रुपैयाँ संकलन भएको थियो । अभियानका संयोजक नेत्रराज सुबेदीको नेतृत्वमा ४५ हजार रुपैयाँ संकलन भएको छ । करिब डेढ वर्षअघिदेखि मृगौला रोगबाट थलिएकी सुबेदीको काठमाडौको शिक्षण अस्पतालमा पुष २९ गते मृगौला प्रत्यारोपणका लागि शल्यक्रिया हुदैछ् ।

Shreekrishna hardwear in news

निशालाई आमा फुलकुमारीले मृगौला दान गर्नुहुने भएको छ । सुत्केरी हुदाँ उहाँको मृगौलामा समस्या देखिएको थियो । एक छोराकी आमा निशाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

गत चैत ११ गते मृगौला प्रत्यारोपण गर्ने मिति तय भएपनि लकडाउन भएपछि रोकिएको थियो । मृगौला प्रत्यारोपण पछि पनि नियमित औषधी उपचारका लागि थप रकम आवश्यक पर्ने भएकाले निशाका लागि सहयोग गर्न शान्ति कोषका अध्यक्ष राजेश शाक्यले अपिल गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...