धौलागिरि खबर

प्रशासनको छड्के अनुगमनमा बेनीका कार्यालयमा यस्तो भेटियो

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले आइतबार सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको थियो । कर्मचारीको नियमित उपस्थिति देखि सेवा प्रवाह र कार्यालय ब्यवस्थापनसँग सम्बन्धित सूचकलाई आधार मानेर अनुगमन गरिएको थियो ।

ढिलासुस्ति हटाएर सेवा प्रवाहलाई ब्यवस्थित र सेवाग्राहीमैत्री तथा चुस्त दुरुस्त बनाउन समस्याको पहिचानका लागि छड्के अनुगमन गरेर सकारात्मक पक्ष, समस्या र सुधार गर्नुपर्ने बिषयमा बिबरण संकलन गरिएको हो ।

Rara Auto Mobiels

अनुगमन गरिएका कार्यालयका २ जना प्रमुख र अन्य तहका ८ जना कर्मचारी अनुपस्थित भएको पाइएको थियो । अनुपस्थिति हुनुको कारणबारे सम्बन्धित कर्मचारीलाई स्पष्टिकरण सोधिने प्रशासनले जनाएको छ । २० प्रतिशत कर्मचारीले पोशाक नलगाएको र १० प्रतिशत समयमै कार्यालय नपुगेको भेटिएको थियो ।

औसतमा अधिकांश कार्यालयले सेवा प्रवाहमा सूचना प्रबिधिको प्रयोग गरेका र अभिलेख ब्यवस्थापन ठिकै पाइएको छ । सेवाग्राहीका लागि शुद्ध खानेपानी, सूचना अधिकारी, गुनासो पेटिका, स्तनपान कक्ष स्थापना भएपनि प्रतिक्षालय नभएको, गुनासो सुन्ने अधिकारी नतोकेको, टोकन प्रणाली लागू नगरेको, शौचालय र पुर्बाधार अपाङ्गमैत्री नभएको पाइएको सहायक प्रजिअ कुँवरले बताउनुभयो ।

कार्यालयका शौचालय र वरपरको सरसफाईमा ध्यान दिन, हरियाली प्रर्वद्धन गर्नुपर्ने अनुगमन टोलीले औल्याएको छ । हाजिरी गर्न बेवास्ता गर्ने, स्विकृत नगरी बिदा बसेको र नागरिक सहायता कक्ष नहुँदा सेवाग्राहीलाई झञ्जट र दुख भएको पाइएको छ । बिहान १० देखि ११ बजेको बिचमा प्रशासनको टोली आकस्मिक रुपमा छड्के अनुगमनमा पुगेको थियो ।

केही कार्यालयका कर्मचारीहरु कार्यालयको कामको बाहनामा कार्यालयमा नबस्ने, भ्रमण आदेश स्विकृत गराएर घरमा बस्ने प्रबृति देखिएको छ । अधिकांश कार्यालयले कार्य प्रगति सार्वजनिक नगरेको तथा कार्यालयमा सिसिटिभि जडान नभएको पाइएको छ ।

अनुगमन टोलीबाट प्राप्त प्रतिवेदनका आधारमा कार्यालयहरुलाई कमजोरी सुधारका लागि निर्देशन गरिने प्रजिअ अधिकारीले बताउनुभयो । दरबन्दि अनुसारका कर्मचारीको अभाव र कम गुणस्तरको इन्टरनेट तथा बिद्युत आपुर्तिमा हुने अतियमितताले पनि सेवा प्रवाहलाई प्रभावित बनाएको छ ।

????????????????????????????????????
Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...