ओलीको असंबैधानिक कदम बिरुद्ध बेनी र दरवाङमा काँग्रेसको बिरोध प्रर्दशन

Gandaki Pardesh notice

बेनी । कार्याबधि पुरा नहुदै प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको ठहर गरेको नेपाली काँग्रेसले शनिबार म्याग्दीको बेनी र दरवाङ बजारमा बिरोध प्रर्दशन गरेको छ ।


प्रधानमन्त्री ओली, उनको अलोकतान्त्रिक, बिभेदकारी र भ्रष्ट्राचारीको संरक्षण तथा नागरिकको समस्याप्रति बेवास्ता गर्ने कार्यशैलीका बिरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका काँग्रेसका कार्यकर्ताहरुको ¥यालीपछि कोणसभामा परिणत भएको थियो ।


काँग्रेसका नेताहरुले आफ्नै पार्टीका नेता र सांसदहरुको बिश्वास कायम राख्न नसकेर संसद बिघटन गरेका ओलीले निर्वाचनको नौटंकी रचेको, वाइडवडी, ललितानिवास, ओम्नी, सेक्युरिटी प्रेस खरिद, यति समूहलाई बिना प्रतिस्पर्धा सरकारी स्वामित्वको जग्गा भाडामा लगाउने जस्ता भ्रष्ट्राचारको संरक्षण गरेको बताएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


संबिधानले परिकल्पनानै नगरेको संसद बिघटन अलोकतान्त्रिक, असंबैधानिक, अराजक, तानाशाही र सर्वसत्ताबादी सोचको उपज भएको, जनमतको अपमान गरेको बताउँदै ओली सरकारले छ महिनासम्म पनि म्याग्दीका पहिरो पिडितहरुको पुनस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनामा बेवास्ता गरेको, कोरोना महामारी नियन्त्रणमा उदाशिन बनेको उनिहरुको भनाई थियो ।


संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको र ओलीले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई बिवादमा तानेर गरिमामा आँच पु¥याएको काँग्रेसका नेताहरुले बताएका थिए । नेकपाका जनप्रतिनिधिहरुले जिल्लामा बिकास आयोजना भित्र्याउन र कार्यान्वयन गर्न नसकेको बताउँदै आगामी चुनावमा म्याग्दीमा काँग्रेसले अत्याधिक मतका साथ जित हाँसिल गर्ने उनिहरुको भनाई थियो ।


बेनीको कार्यक्रमलाई संबिधानसभा सदस्य रेशमबहादुर बानिया, जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, सचिव तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिब मिनबहादुर कार्की, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन लगायतले सम्बोधन गर्नुभएको थियो ।
दरवाङको बिरोध कार्यक्रममा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा, नेता चिरञ्जिबी शर्मा, क्षेत्र खका सभापति कमल छन्त्याल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...