छाडा कुकुर ब्यवस्थापन गर्न बन्ध्याकरण

Add Samajik bikash office

बेनी । म्याग्दी सदरमुकाम बेनीमा कुकुरको बन्ध्याकरण शिबिर सुरु भएको छ ।

छाडा कुकर ब्यवस्थापनका लागि सन्तान बृद्धि रोक्न शनिबार देखि सुरु भएको बन्ध्याकरण शिविर आइतबारसम्म सञ्चालन हुनेछ् । कुकुर आतंक रोक्न केन्द्रिय रिफरल पशु चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाले भुस्याहा कुकुरको बन्ध्याकरण शिविर आयोजना गरेका हुन् ।

तिब्र रुपमा संख्या बढिरहेको छाडा कुकुरका कारण रेबिज रोग र दुर्घटनाको जोखिम बढेको छ । छाडा कुकुरका कारण बजारमा पैदलयात्री तथा सवारी साधन आवत जावत प्रभावित भएको छ । कुकुरले बर्षमा दुई पटक सन्तान उत्पादन गर्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

छाडा कुकुरको संख्या घटाउन बन्ध्याकरणको साथै रेविज बिरुद्धको खोप लगाउने कार्यक्रम आयोजना गरिएको केन्द्रिय रिफरल पुश चिकित्सालय त्रिपुरेश्वरका पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताउनुभयो ।

कुकुर मार्दा पशु अधिकार हनन् हुने भएकाले बच्चा जन्माउने प्रक्रियालाई रोक्न बन्ध्याकरण गराउने नीति लिइएको हो । शिविरमा एकसय भन्दा बढी छाडा र घरपालुवा कुकुरको बन्ध्याकरण र रेविज बिरुद्धको खोप लगाउने लक्ष्य रहेको पशु सेवा बिज्ञ केन्द्र म्याग्दीका प्रमुख डाक्टर इन्द्रबहादुर भट्टले बताउनुभयो ।

सडकका छाडा कुकुर छोप्ने, बन्ध्याकरण गर्ने र खोप लगाउन ९ जनाको प्राबिधिक टोली पशु एम्बुलेन्स सहित बेनीमा आएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सडक कुकुर न्युनीकरण र सन २०३० सम्ममा रेविज रोगलाई न्युनिकरण गर्नका लागि खोप लगाउने कार्यलाई तिव्रता दिएको छ ।

????????????????????????????????????
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...