दिच्याममा बिजुली बल्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार भएको छ ।

साबिक दरवाङ गाबिसको ७, ८ र ९ नम्बर वडामा पर्ने दिच्यामको सबै बस्तिमा केन्द्रिय बिद्युत बिस्तार भएको हो । यसअघि साबिक ९ नम्बर वडाको बस्तिमा बलेको बिजुली वडा न. ८ को बस्तिमा पनि बिस्तार गरिएको वडा सदस्य कर्णबहादुर रोकाले बताउनुभयो ।

साबिकको वडा न. ७ को बस्तिमा एक वर्ष अघिनै बिजुली बलेको थियो । बाँकी ७९ घरमा पनि बिद्युतीकरण भएपछि दिच्यामको सबै बस्तिमा बिजुली बलेको वडा सदस्य रोकाले बताउनुभयो । नेपाल बिद्युत प्राधिकरणको योजना अनुसार बिद्युतिकरण भएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दिच्याममा बिद्युत बिस्तार गर्न दुई वटा ट्रान्सफर्मर राखिएको छ । दरवाङ देखि गोगनपानी हुदै दिच्याम बिद्युत लाइन बिस्तार गरिएको हो । यसअघि दिच्यामका बासिन्दाहरुले उज्यालोका लागि सोलार, पेल्ट्रिक सेट र टुकी बाल्ने गरेका थिए ।

बिद्युत सुबिधासँगै स्थानीयबासीको दैनिकीमा सुधार आउने र जनजिबन सहज बन्ने अपेक्षा गरिएको दिच्यामको भगवति आधारभूत बिद्यालयका प्रअ जगत खत्रीले बताउनुभयो । बिद्युत सुबिधा भएपछि टेलिभिजन हेर्न, मोवाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी काम गर्न, बिद्यार्थीलाई पढ्न सहज भएको छ ।

कम्प्युटर, ल्यापटप चलाउन सजिलो भएको छ । सूचना प्रबिधिमा पनि पहुँच बढेको छ । दाउराको बिकल्पमा राइसकुकरमा खाना पकाउने सुबिधा भएको छ । धँुवाबाट बच्ने र समयको बचत भएको छ । बिजुलीको झिलीमिल भएपछि दिच्यामबासीमा खुसीयाली छाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...