मराङका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन भएको छ ।

गत असार २५ र २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुर्नस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा संकलित रकमबाट २१ रोपनी जग्गा ब्यवस्थापन भएको हो ।

वडा अध्यक्ष राजाराम सुबेदीले थप ६ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताउनुभयो । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरिद गरिएको सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

“वडा स्तरको बिवद् ब्यवस्थापन कोषमा स्वदेश तथा बिदेशमा रहेका व्यक्ति र दाताहरुले गरेको सहयोगबाट पहिरो पिडितको आवास निर्माणका लागि जग्गा खरिद गरिएको हो,” वडाअध्यक्ष सुबेदीले भन्नुभयो “भारतमा रहनुभएका जग्गादाता आएपछि राम्चेमा थप ६ रोपनी जग्गा प्राप्तिको काम सकिन्छ ।”

Bhautik ministry notice about road

प्रतिरोपनी रु. २ लाख रुपैयाँका दरले जग्गा खरिद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निशूल्क दिएका छन् । करिब रु. ६० लाख संकलन भएको कोषबाट जग्गा खरिदमा रु. ३८ लाख ५० हजार खर्च भएको छ । टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको रु. २७ लाख पनि कोषमा राखिएको थियो ।

स्वदेश तथा बिदेशमा भएका मराङबासीहरुले कोषमा सहयोग जुटाएका हुन् । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रिमा पहिरोका कारण १९ जनाको मृत्यु र २ जना बेपत्ता भएका थिए । २३ वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रि स्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

ब्यवस्थापन गरिएको जग्गामा सडक पु¥याएर सम्माउने तयारी गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले मराङमा १० वटा घर निर्माण गर्ने जनाएको छ । तीन वटा घर र एक वटा शौचालय सहितको घर निर्माणमा रु. ५ लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ ।
बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ । धवलागिरी गाउँपालिकाले बिशेष गाउँसभाबाट पहिरो पिडितको निजी आवास पुननिर्माणका लागि रु.४८ लाख बिनियोजन गरेको छ ।

धवलागिरीको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पु¥याएको थियो । गाउँपालिकाले बिनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन् ।

गत बर्खाको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि जिल्ला बिपद् ब्यवस्थापन समितिले सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...