शिखमा निशूल्क स्वास्थ्य शिबिर

Gandaki Pardesh notice

पोखरेबगर । अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुक्रबार निशूल्क स्वास्थ्य शिविरका साथै नसर्ने रोग र कोरोना महामारी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो शिविरमा ८६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालका चिकित्सक लक्ष्मी पन्थि, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल, कोरोना अस्पतालका स्टाफ नर्स अञ्जना पुर्जा, दाना स्वास्थ्य चौकीकी रुबिना दर्जी र शिख स्वास्थ्य चौकीकी डिलकुमारी पुनको टोलीले सेवा दिनुभएको थियो ।

Bhautik ministry notice about road

स्थानीयबासीहरुलाई मुटु, मृगौला, मधुमेह, क्यान्सर लगायत नसर्ने रोग, कोरोना (भाइरस)को कारण र बच्ने उपायका बिषयमा जानकारी गराउनुका साथै स्वास्थ्य परिक्षण र परामर्श सेवा दिइएको थियो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Shreekrishna hardwear in news

यसअघि अन्नपूर्ण गाउँपालिकाको वडा न. ७ औलामा सञ्चालित निशूल्क स्वास्थ्य शिविरबाट ७० जनाले सेवा लिएका थिए । कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँ गाउँमा लगेर बिरामी पहिचान, उपचार, परामर्श र स्वास्थ्य सचेतना फैलाउन थालिएको उपाध्यक्ष मगरले बताउनुभयो ।

औषधी सहित पालिकाको सबै वडाका टोल टोलमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा कोरोना अस्पताल स्थापना गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...