बिमका पहिरो पिडितका लागि आवास पुननिर्माणको तयारी

khali

बेनी , छ महिनाअघिको पहिरोका कारण घरबास गुमाएका म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बासिन्दाहरुका लागि आवास पुननिर्माण सुरु भएको छ ।

पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण सुरु गरिएको हो । बिम मालिका संघले रु. बीस लाखमा खरिद गरेको पाँच रोपनी जग्गामा आवास निर्माणका लागि जग्गा सम्माउने काम सुरु गरेको वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो ।

गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएको थियो । आठ जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए । घरबास गुमाएका मध्य १ जनाको काठमाडौमा घर छ ।

Shreekrishna hardwear in news

२० जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाहरुले पहिचान गरेको जग्गा संघले खरिद गरेको थियो । बिमको तल्लो गाउँ स्थित हिराजित स्मृति युवा क्लवको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा खरिद गरिएको जग्गामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले दश वटा घर निर्माण गर्न लागेको हो ।

khali

“बिमका पहिरो पिडितको लागि बिम मालिका संघले जग्गा खरिद र मोनाले घर निर्माण गर्ने समझदारी अनुसार गाउँपालिकाले जग्गा सम्माउने र पानी बिजुली पु¥याउने काम सुरु गरेको छ,” वडा अध्यक्ष जुग्जालीले भन्नुभयो “आगामी बैशाख महिनाभित्र घर बनाएर पहिरो पिडितलाई सुरक्षित आवास उपलब्ध गराउछौ ।”

आवास निर्माणका लागि बिमका सबै घरधुरीले एक दिनका दरले श्रमदान गर्ने निर्णय गरेका छन् । स्वदेश तथा बिदेशमा रहेका बिमबासीहरुले जग्गा खरिदका लागि आर्थिक स्रोत जुटाएका हुन् ।

उनिहरुको पुर्नबासका लागि समुदाय स्तरबाट स्वदेश तथा बिदेशमा आर्थिक सहयोग समेत संकलन भएको छ । घरबास गुमाएकाहरुलाई बिदेश र सहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।

रु. पाँच लाख भित्र तीन कोठे भवन र एक वटा शौचालय निर्माण गर्ने डिजाइन तयार भएको छ । एक वटा भान्छा र दुई वटा बेडरुम बनाइने भएको छ । धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितहरुको लागि पनि जग्गा खरिद कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष राजाराम सुबेदीले बताउनुभयो । अस्कारे र राम्चेमा जग्गा खरिद गर्न लागिएको उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...