लायन्सले लभ्लिहिलमा फहरायो राष्ट्रिय झण्डा

Gandaki Pardesh notice

बेनी । लायन्स क्लब अफ बेनी म्याग्दीले बेनी नगरपालिका–२ को पर्यटकीय स्थल लभ्लिहिलमा स्थापना गरेको राष्ट्रिय झण्डाको बिहीबार अनावरण गरिएको छ ।

लभ्लिहिलको पर्यटकीय आकर्षण बढाउन र प्रचारप्रसारमा सघाउने उद्देश्यले क्लवले केही महिना अघि स्टिलको पाटामा रंग लगाएर फलामको डण्डामा राष्ट्रिय झण्डा स्थापना गरेको थियो ।

Bhautik ministry notice about road

लभ्लिहिलमा घुम्न जानेहरुले बेनी बजार, धौलागिरी हिमाल र झण्डालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्न सक्ने क्लवका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले झण्डाको अनावरण गर्दै लभ्लिहिलको पर्यटन बिकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–२ का वडा अध्यक्ष हिराबहादुर थापा, क्लवका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी लगायतको उपस्थिति थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...