युनियन लाइफद्धारा मृत्युदाबी रकम हस्तान्तरण

Gandaki Pardesh notice

बेनी । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, म्याग्दी शाखाले बिहीबार बिमितका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

रोजगारीको शिलशिलामा मलेसियामा गत असोज १६ गते दिवंगत हुनुभएका मालिका गाउँपालिका–५ देबिस्थानका अजिमाप्रसाद फगामीका श्रीमति देवीसरालाई १४ लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

Bhautik ministry notice about road

तीन वर्षअघि मलेसिया जाने क्रममा फगामीले सात हजार रुपैयाँ भुक्तानी गरेर युनियन लाइफमा म्यादी बिमा गर्नुभएको थियो । कम्पनीका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतम र म्याग्दी शाखाका प्रमुख मिलन खत्री, अभिकर्ता प्रमिला श्रेष्ठ र तेजेन्द्र खत्रीले चेक हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

दश लाख रुपैयाँको बिमा गर्नुभएका फगामीका परिवारलाई शव ल्याउन एक लाख, किरिया खर्च वापत एक लाख र आम्दानीको स्रोत नोक्सान भएवापत दुई लाख रुपैयाँ उपलब्ध गराएको कम्पनीले जनाएको छ । फगामीका श्रीमति, १ छोरी र २ छोरा छन् ।

बिमाले परिवारको आश्रित ब्यक्तिको निधन भएमा अरु सदस्यलाई पर्ने आर्थिक हानीको क्षति कम गर्न सहयोग पुग्ने र अवधि पुगेपछि बचत रहक बोनस सहित फिर्ता पाइने प्रदेश उपप्रमुख गौतमले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...