पहिरो पिडितले कहिले पाउँछन घर ?

Sinchai Khanipani notice

म्याग्दी । पहिरोमा श्रीमति, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धवलागिरी–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थाई टहरामा छ ।

दुई जना छोरा–छोरी सहित आरबाङ बनाइएको टहरामा बस्दै आएका मृगौलाका रोगी समेत रहेका धनबहादुर आगामी बर्खा सुरु नहुदै ओत लाग्ने बास पाए हुन्थ्यो भन्ने आशामा छन् ।

‘पहिरोले परिवारका तीन सदस्य, घर र खेतबारी सबै बगाएर सुकुम्बासी बनायो,’ उनले भने ‘हिउँद सुरु भइसक्यो तर हामी पहिरो पिडितका लागि सरकारले घोषणा गरेको सुरक्षित आवास निर्माणको सुरसार नहुँदा आउने बर्खा पनि टहरामै बित्ने होकी भन्ने चिन्ताले सताएको छ ।’

Shreekrishna hardwear in news

मालिका–७ बिमका इन्द्र केसीकी एक छोरीलाई बेपत्ता बनाएको गत असार २६ गतेको पहिरोले खेतबारी सहित घर पनि बाँकी राखेन् । केसी घर बनाउने सुरक्षित ठाउँ र जग्गाको खोजीमा छन् ।

‘भएको जग्गा जमिन पहिरोले सखाप बनायो,’ उनले भने ‘छिमेकीको खाली घरको कोठामा बस्न थालेको पनि धेरै भयो । आफ्नो घर बनाउने न आर्थिक स्रोत छ नत जग्गा जमिननै ।’

रिखाका धनबहादुर र बिमका इन्द्र जस्तै गत बर्खामा घरबास गुमाएका, जोखिममा परेका बस्तिका म्याग्दीका पहिरो पिडितहरु सुरक्षित आवासको प्रतिक्षामा छन् । बढ्दो चिसोसँगै पहिरो पिडितहरु बिरामी पर्न थालेका छन । उनिहरुको दैनिकि कष्टकर बनेको छ ।

पहिरोले क्षति पु¥याएका खानेपानी, लघुजलबिद्युत परियोजना, सडक, पैदलमार्ग, सार्वजनिक भवन लगायत संरचनाको पुननिर्माणको मुद्दा पनि पछिल्लो राजनीतिक घटनाक्रमले ओझेलमा परेको छ । जोखिमयुक्त ठाउँको भूगर्भबिद्को टोलीबाट अध्ययन, सुरक्षित ठाउँको पहिचान, पिडितको पुनस्थापना र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण अन्यौलमा परेको छ ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा पँुजिगत शिर्षकमा. १२ करोड ६५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको धवलागिरी गाउँपालिकामा पहिरो पिडितको पुनस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि कम्तिमा २६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।

पहिरो लगत्तै उद्धार, राहत, अस्थाई बसोबास, क्षतिग्रस्त बिद्युत, खानेपानी, सडक मर्मतमा एक करोड रुपैयाँ भन्दा बढी खर्चिसकेको गाउँपालिकाले घरबास गुमाएकाको पुर्नबास योजनाका लागि समुदाय स्तरबाट संकलित. ५० लाख सहित ९९ लाख रुपैयाँ छुट्टाएको छ ।

‘बाडिसकेको बजेट संसोधन गर्न पहल गरेपनि सफल भएन,’ अध्यक्ष थमसरा पुन भन्छिन् ‘हाम्रो सबै बजेट खनाएपनि पिडितको पुनस्थापना र पुननिर्माण गर्न पुग्दैन । कहाँबाट स्रोत जुटाउने चिन्ताले पिरोलिएका छौ ।’ धवलागिरीमा मात्र नभएर यसपालिको बर्खामा बाढी, पहिरो र कटानबाट ठूलो जनधनको क्षति ब्यहोरेका म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि स्रोत अभावमा पिरोलिएका छन् ।

Bhautik ministry notice about road

‘संघीय सरकारले बिपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर सहयोग गर्ला भन्ने आशा थियो,’ मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भने ‘मृतकका परिवारलाई राहत दिने बाहेक संघ सरकारले कसरी पुननिर्माण र पुनस्थापना गर्ने भन्ने योजना र कार्यबिधिनै बनाएन् । हाम्रो क्षमताले भ्याउदैन् ।’

चालु आर्थिक वर्षको बजेट बिनियोजन र बाँडफाँड भैसकेपछि सिर्जित बिपद् ब्यवस्थापनका लागि थप स्रोतका लागि प्रदेश र संघ सरकारले प्रस्ताव गरेका छन् । म्याग्दीका स्थानीय तहहरुले कोरोना (भाइरस)को महामारी नियन्त्रण, ब्यवस्थापनसँगै प्राकृतिक बिपद् ब्यवस्थापन कोषमा चालू आर्थिक वर्षमा सात करोड २७ लाख १३ हजार रुपैयाँ बिनियोजन गरेका छन् ।

क्षति र प्रारम्भिक सर्बेक्षण अनुसार स्थानीय तहहरुले सबै पुजिगत बजेट रकमान्तरण, शिर्षकान्तर गरेपनि नपुग्ने देखिन्छ । गत असार महिना यताको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताए । ‘पूर्ण क्षति भएका, जोखिमयुक्त र स्थानान्तरण गर्न प्रस्तावित ठाउँको भौगर्विक टोलीबाट अध्ययनका लागि सिफारिस गरेका हौ,’ उनले भने ‘भूगर्वबिद्को टोलीले जोखिम र सुरक्षित ठाउँ पहिचान गरिदिए पुनःस्थापनाको बाटो खुल्ने थियो ।’

धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर र अन्नपूर्णका ८ वटा बस्तीका १३७ घर स्थानान्तरण गर्न सिफारिस भएको छ । यस्तै मंगलाका ९ बस्तीका १००, रघुगंगाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुननिर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ ।

गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । पहिरो, कटान र बाढीले क्षति पु¥याएका भौतिक संरचनाको समेत क्षति बिबरण संकलन गरेर पुननिर्माणका लागि प्रदेश तथा संघ सरकारका सम्बद्ध मन्त्रालयमा सिफारिस गरिएको हो ।

बेनी नगरपालिका बाहेक ५ वटा स्थानीय तहका १०६ वटा सडक पहिरोले क्षति पुगेको छ । ८४ वटा खानेपानी, ४६ वटा सिचाई, ३१ वटा कृषि तथा पशुपंक्षी फार्म, ३१ वटा बिद्यालय, १७ वटा लघुजलबिद्युत, ८ वटा सामुदायिक भवन, ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको बिबरण तयार भएको छ ।

टहरा, त्रिपाल, आफन्त र छिमेकीको घरमा बसेका बिस्थापितहरु सुरक्षित बासको आशामा छन् । बिममा पहिराका कारण घरबास गुमाएकाको पुनःस्थापनाका लागि बिम मालिका संघले पाँच रोपनी जग्गा खरिद गरेको छ ।

घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाहरुले पहिचान गरेको जग्गा संघले खरिद गरेको हो । २० लाखमा बिमको तल्लो गाउँ स्थित हिराजित स्मृति युवा क्लवको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गरेका दल शेरबुजाले बताए । ‘सो जग्गामा घर निर्माण गरेर पहिरो पिडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ,’ उनले भने ‘स्वदेश तथा बिदेशमा रहेका बिमबासीहरुले आर्थिक स्रोत जुटाएका हुन् ।’

वडा अध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म ८ परिवारले सो जग्गामा बन्ने घरमा बस्ने इच्छा देखाएका बताए । ‘म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले १० वटा घर बनाउने तयारी गरेको छ,’ उनले भने ‘घरबास गुमाएकाहरुलाई अस्थाई रुपमा बिदेश र सहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।’

मराङका वडा अध्यक्ष राजाराम सुबेदीले समुदाय स्तरबाट संकलित रकमबाट पहिरो पिडितको आवास निर्माण गर्न जग्गा खरिदको तयारी गरेको बताए । पन्थोक भन्ने ठाउँ भन्दा तल अस्कारे र राम्चेमा जग्गा खरिद गर्न लागिएको उनले बताए । एक दुई दिनमै जग्गा खरिदको काम सकिने र त्यसपछि पुननिर्माण अघि बढ्ने उनको भनाई छ । निबर्तमान सांसद भुपेन्द्रबहादुर थापाले सरकारले आगामी हप्ताभित्र पहिरो पिडितको आवास पुननिर्माणको अनुदान सम्बन्धी कार्यबिधी पारित गर्न लागेको बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...