हिलका आगोलागी पिडितलाई नेकपा ताराखोलाको सहयोग

Annapurna notice 3

ताराखोला, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टी ताराखोला गाउँ कमिटिले हिलका आगोलागी पिडितलाई रु. पाँच लाख ७० हजार सहयोग गरेको छ ।

ताराखोला गाउँपालिका–३ हिलमा शनिबार नेपाली कम्युनिष्ट पार्टी ताराखोलाको राष्ट्रिय जागरण अभियान उद्घाटनपश्चात गत कात्तिक अन्तिम साता आगोलागीबाट घर जलेर क्षति ब्यहोरेका थमबहादुर पुनको परिवारलाई उक्त सहयोग गरेका हुन् ।

कमिटिका पदाधीकारी र दाता गरि एक सय एक जनाबाट संकलन गरेको रु. पाँच लाख २० हजार तथा अखिल नेपाल महिला संघको तर्फबाट थप रु. ५० हजार पुनलाई हस्तान्तरण गरिएको नेकपा ताराखोलाका संयोजक दिवस खत्री (पदम)ले जानकारी दिनुभयो ,

Shreekrishna
DRM Notice 1

बैठकले पार्टिका गतिविधि सम्बन्धमा बिभिन्न निर्णय गर्दै राष्ट्रिय जागरण अभियानको शुभारम्भ गरेको गाउँकमिटि सचिब जिबन बस्नेतले जानकारी दिनु भयो । राष्ट्रिय जागरण अभियानको सुभारम्भ कार्यक्रमको उदघाटन पछि बोल्दै नेपालि कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य चन्द्र बहादुर बुढा (सागर)ले पार्टी निति र पार्टिले गरेका असल कार्यहरुलाइ लिएर जनता बिचमा जान सबैलाइ अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य धन बहादुर बि क, बागलुङ जिल्ला सह इन्चार्ज फमलाल निउरे, सह इन्चार्ज ज्ञामनाथ गैरे (अनिल),जिल्ला संयोजक प्रकाश घर्ति मगर लगायतले पार्टिका समसामयिक गतिबिधि र पछिल्लो राजनैतिक घटना क्रमका बारेमा मन्तव्य राख्नु भएको थियो ।
बैठकमा ५ वटै वडाका पार्टी अध्यक्षहरुले वडाको रिपोर्टिङ राख्नु भएको थियो । गाउँ कमिटीको पुर्ण बैठकले पार्टि सदस्यता नवीकरण कार्य अगाडि बढाउने, सबै वडाको वडा अधिबेशन पौष १० भित्र सम्पन्न गर्ने र माघ १५ भित्र पालिका अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष दिवस खत्री पदमले जानकारी दिनु भयो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...