
म्याग्दी, ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको मंगला गाउँपालिका–१ कुहुको प्रथम वडा अधिवेशनबाट यामबहादुर पुन सभापतिमा चयन हुनुभएको छ ।
अधिवेशनबाट धनदेवी किसान उपसभापति र कुलबहादुर खत्री सचिवमा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा नरबहादुर धर्ती मगर, यामबहादुर बुढाथोकी, श्रीकृष्ण आचार्य, थमबहादुर बस्याल, दिलु पाइजा, सोफिया पुन, राजु विक र रोहित रोका चयन हुनुभएको छ ।

रास्वपा मंगला गाउँपालिका सभापति प्रतीक सुवेदीले वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको जानकारी दिनुभयो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको संगठन विस्तार र स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी रहनेछ ।
