
बेनी ः १२ औ उद्योग दिवसको अवसरमा बुधबार म्याग्दीका चार जना उद्यमीहरुलाई पुरस्कृत गरिएको छ ।
एकिकृत सेवा कार्यालय, म्याग्दीले उनिहरुलाई जनही रु. दुई हजार पाँच सय नगद सहित प्रशसापत्र र दोसल्ला ओढाएर पुरकृत गरेको हो । पुरस्कृत हुनेमा के.बी. जुत्ता पसलका कुलबहादुर बोहोरा, जगन्नाथ ल्याशिभ बेकरी उद्योगका पार्वती के.सी., पिस साइन ब्युटी होम एण्ड ट्रनिङ्ग सेन्टर र साजन बंगुर पालन फर्मका रणबहादुर बिक रहनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा दुई÷दुई जनालाई पुरस्कृत गरिएको एकिकृत सेवा कार्यालयका प्रमुख मिताकुमारी थापाले बताउनुभयो । ब्यवसायिक क्षेत्रमा राम्रो सफलता हात पारेका उद्यमीहरुलाई प्रोत्साहन र नयाँ उद्यमीहरुलाई प्रेरित गर्ने उद्देश्यले पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, कार्यालय प्रमुख थापा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले प्रशंसापत्र, दोसल्ला र नगद वितरण गर्नुभएको थियो ।
