ताकममा अस्पताल र वडा कार्यालय भवनको शिलन्यास

Sinchai Khanipani notice

गोपाल आचार्य

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ ।

पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलन्यास गर्नुभएको हो ।

Shreekrishna hardwear in news

कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान गरिएको अस्पताल भवनको बहुबर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई चालु आर्थिक वर्षमा सत्तरी लाख रुपैयाँ पठाएको छ ।

६६ लाख रुपैयाँ लागत अनुमान गरिएको चार कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्ट्रक्सनले ४७ लाख रुपैयाँमा ठेक्का लिएको छ । २०७८ बैशाख महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले तीस लाख रुपैयाँ उपलब्ध गराएको छ ।

बाँकी लागत गाउँपालिकाले ब्यहोर्ने भएको छ । शिलन्यासको अवसरमा बाजागाजा सहित खुसीयाली मनाएका ताकमबासीले अस्पताल भवन निर्माण हुने जग्गाका दाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो ।

Bhautik ministry notice about road

वडा कार्यालयले शिलन्यास कार्यक्रमको आयोजना गरेको थियो । शिलन्यासपछि निबर्तमान सांसद थापाले सबै पालिकामा आधारभूत स्तरको अस्पताल निर्माण गर्ने सरकारको घोषणा अनुसार ताकममा अस्पताल बनाउन लागिएको बताउनुभयो ।

“मेरो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गराउन सफल भए । ताकमको कोत मन्दिर पुननिर्माणका लागि पचास लाख बिनियोजन गरे । बिद्युतिकरण भयो,” उहाँले भन्नुभयो “यस वर्ष ताकमको घनाबस्ति कार्यक्रमलाई एक करोड बिनियोजन भएको छ । पहिरो पिडितको ब्यवस्थापनका लागि आगामी हप्ताभित्र सरकारले कार्यक्रम स्विकृत गर्छ । म्याग्दी नदीको पानी तानेर ताकमको उर्बरायोग्य भूमिलाई सिंचित गर्ने योजना निर्माणमा पहल गर्छु ।”

थापाले निर्बाचन क्षेत्र पुर्बाधार कार्यक्रमबाट ताकम माबिलाई दश लाख बिनियोजन गरेको र अस्पताल भवन संरक्षणका लागि योजना पार्न पहल गर्ने बताउनुभयो । जिसस प्रमुख केसीले तत्कालिन जिल्ला बिकास समितिको कोषमा रहेका कोषबाट पहिरो प्रभावित सडक मर्मत गर्न धवलागिरी गाउँपालिकालाई तीस लाख बिनियोजन गरेकोमा पालिकाले आफ्नै स्रोतबाट सडक मर्मत गरेर जिससको बजेटमा साझेदारी गरेर वडा कार्यालय भवन बनाउन लागेको बताउनुभयो ।

उहाँले जिसस र गाउँपालिकाको साझेदारीमा लुलाङमा पनि वडा कार्यालय भवन निर्माण भइरहेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सर्वोच्च अदालतमा बिचाराधिन स्थायी केन्द्रको मुद्दालाई थाति राखेर लामो प्रयासपछि अस्पताल बनाउने ठाउँ छनौट गरि योजना कार्यान्वयन सुरु गरेको बताउनुभयो ।

ताकममा कोरोना अस्पताल स्थापना भएको जानकारी दिदै उपाध्यक्ष छन्त्यालले एम्बुलेन्स पनि सञ्चालनको तयारी भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले डिपिआर तयार भएको अस्पतालको भवनको बहुबर्षे ठेक्का आव्हानको तयारी भएको जानकारी दिदै वडा कार्यालय समयमै निर्माण सम्पन्न गराउन जोड दिनुभयो ।

स्थानीय खुमनाथ सुबेदी र पुस्कर भण्डारीले गत बर्खामा घरबास गुमाएका पहिरो पिडितको पुनस्थापना, जोखिमयुक्त बस्ती स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षता, ताकम घनाबस्ती कार्यक्रममा तेजिन्द्र थापाको स्वागत र स्थानीय युवा रुपक सुबेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...