चौरासी पुजाको खर्च कटाएर विद्यालयलाई सहयोग

Annapurna notice 3

म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविलाई एक दम्पत्तीले चौरासी पुजाको खर्च कटाएर रु. एक लाख ५१ हजार नगद सहयोग गर्नुभएको छ ।

पाँच दशकअघि बुटवल बसाईसराई गर्नुभएका रंगबिर र दिलमाया राना दम्पत्तीले चौरासी पुजामा हुने फजुल खर्च कटाएर मंगलबार विद्यालयलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । राना दम्पत्ती र उहाँका छोरा सुकबहादुरले वडा अध्यक्ष पदम पुनको उपस्थितिमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम रुचाल र प्रअ मनबहादुर पुनलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

“जन्मभूमि छोडेर गए पनि आफ्नो गाउँ सधैँ याद आइरहन्थ्यो । ५२ वर्षपछि पहिलोपटक आफ्नै भूमिमा आएर पुण्य काम गर्न पाएकोमा धेरै खुसी लागेको छ,” रंगबिरले भन्नुभयो “यो मेरो र श्रीमतीको जीवनकै सबैभन्दा सुन्दर क्षण हो। आज हामी निकै खुसी छौँ ।”

Shreekrishna

वडा अध्यक्ष पुनले जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो गाउँप्रतिको माया र जिम्मेवारी नबिर्सिएको परिवारले चौरासी पूजामा हुने खर्चलाई शिक्षा र सामाजिक सेवामा लगाउने कार्य प्रशंसनीय भएको बताउनुभयो ।

DRM Notice 1

सोही अवसरमा छोरा सुकबहादुरले विद्यालयको आवासीय कार्यक्रम सञ्चालनका लागि रु. २० हजार, नमुना आमा समूह र सोरठी आमा समूहलाई रु. १० हजार सहयोग हस्तान्तरण गर्नुभयो ।

यसैगरी धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविलाई स्थानीय लालबहादुर भण्डारीले कान्छाबाबुको चौरासी पुर्जाको अवसरमा मंगलबार रु. ५० हजार पाँच सय ५५ सहयोग गर्नुभएको छ ।

कान्छाबाबु लालबहादुर भण्डारीको ८४ पुजामा सहभागी हुन ताकम पुग्नुभएका बेनीमा रहेको मनकामना लेखापढी केन्द्रका सञ्चालक भण्डारीले उक्त नगद सहयोग हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...