
राष्ट्रिय कर दिवसमा धौलागिरिका तीन कम्पनी सम्मानित, बागलुङको ग्रिन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कर तिर्यो
बेनी, आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट करदाताका रूपमा धौलागिरि क्षेत्रका तीन कम्पनीलाई सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा म्याग्दीको घलेम्दी हाइड्रोपावर लिमिटेड, पर्वतको द क्लिफ प्रा।लि। र बागलुङको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो ।


घलेम्दी हाइड्रोपावरले ७८ लाख ९४ हजार रुपैयाँ, द क्लिफ प्रा।लि।ले २८ लाख १२ हजार तीन सय ४३ रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकले दुई करोड ६५ लाख ८१ हजार रुपैयाँ कर दाखिला गरेका छन् ।
कार्यालयका अनुसार साविक धौलागिरि अञ्चलका चार जिल्लामा ७० हजार तीन सय ११ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर ९पान० लिएका छन् । व्यावसायिक पान नम्बर लिनेको सङ्ख्या ३१ हजार आठ सय १५ रहेको छ ।
यसैगरी मूल्य अभिवृद्धि कर ९भ्याट० मा दुई हजार चार सय १५ र अन्तःशुल्क प्रमाणपत्र लिनेको सङ्ख्या दुई हजार एक सय २६ रहेको छ । भुक्तानीको स्रोतमा कर कट्टी गर्ने प्रयोजनका लागि मात्रै पान नम्बर लिने एक हजार चार सय ३२ जना रहेका छन् ।
आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८३र८४ मा एक अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृत कपिल सिलवालले बताउनुभयो ।
