
बेनी, ः तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले सोमबार म्याग्दीका एक÷एक जना पत्रकार÷साहित्यकार र आठ जना विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
बेनी नगरपालिका–५ पुलाचौरमा भएको समारोहमा साहित्य बिधामा म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेखाकौशल रेग्मी र पत्रकार बिधामा नेपाल टेलिभिजनका प्रताप बानियालाई जनही नगद रु. १०÷१० हजार सहित पुरस्कृत गरिएको हो ।
विस २०८१ र २०८२ को एसइइ परीक्षामा जनकल्याण माविका तीन÷तीन जनालाई नगद रु. १५÷१५ हजार र शालग्राम गण्डकी संस्कृत वेद्धविश्रामका एक÷एक जना विद्यार्थीलाई रु. १०÷१० हजारका दरले पुरस्कृत गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।


वि.स. २०८१ को एसइईमा उत्कृष्ट अंक ल्याउने जनकल्याण माविका खसखार्यबाट गरिमा हमाल, जनजातीमा दिपीका श्रेष्ठ र दलितमा दिपेन्द्र छिनेल परियार तथा शालग्राम गण्डकी वेदविद्याश्रमका आलोक शर्मालाई पुरस्कृत गरिएको हो ।
यसैगरी वि.स. २०८२ को एसइईमा उत्कृष्ट अंक ल्याउने जनकल्याणका आयुष्मा सुवेदी, प्रशान्त श्रेष्ठ र अञ्जुली दर्जी तथा वेदविद्याश्रमका भुवन गौतम पुरस्कृत हुनुभएको छ । बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानिया, कोषका सचिव माधवप्रसाद रेग्मी र सदस्य खड्गेश्वरी सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर वि.स. २०७७ मा रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो । जनकल्याण माविका संस्थापक तारानाथ र उहाँकी श्रीमति धनेश्वरीको स्मृतिमा उहाँका छोरा, बुहारी र नातीनातिनाले कोष स्थापना गर्नुभएको हो ।
पुरस्कार वितरण समारोहमा जनकल्याण माविको कक्षा १० का २६ जना विद्यार्थीहरुलाई छ महिनाका लागि आवश्यक पर्ने स्टेशनरी सामग्री वितरण गरिएको थियो । धनेश्वरी तारानाथ स्मृति अक्षयकोष शैक्षिक उन्नयन र सामाजिक सेवाको प्रेरणास्रोत शिर्षकको निबन्ध लेखन प्रतियोगितामा जनकल्याण माविको कक्षा १० की छात्रा निस्मा बानिया प्रथम, कक्षा ९ का भुपेन्द्र किसान दृतीय र कक्षा ६ का कृष्मा हमाल तृतीय हुनुभएको छ ।
कार्यक्रममा जनकल्याण माविका प्रअ गजिन्द्र श्रेष्ठ, साहित्यकार अजयमिलन श्रेष्ठ, बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
