जोखिमयुक्त ‘कल्भर्ट’ व्यवस्थापन गर्न छिसवाङबासीको भाग

Annapurna notice 3

म्याग्दी, ः म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङका बासिन्दाहरुले बस्तिमा विपद्को जोखिम बढाएको खहरेखोलाको ‘कल्भर्ट’ पुल व्यवस्थापन गर्न माग गरेका छन् ।

गत असोज दोस्रो साताको झरीपछि खहरेखोलामा आएको बाढी कल्भर्टका कारण बस्तिमा पसेर क्षति पु¥याएको ठहर गर्दै स्थानीयबासीहरुले ब्यवस्थापनको माग गरेका हुन् । छिस्वाङका २२ भन्दा बढी घरमा बाढी पस्नुका साथै ३५ परिवारको करिब डेढ सय रोपनी धानखेतमा क्षति पुगेको स्थानीयबासी तुलबहादुर पुनले बताउनुभयो ।

“बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्रा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो,” उहाँले भन्नुभयो “कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिदा बस्तिकै उठिबास मात्र लागेको छैन, खेतीयोग्य जमिन बगरमा परिणत भएको, खानेपानी र सिचाई योजनाका संरचना ध्वस्त बनाएको छ ।”

Shreekrishna
DRM Notice 1

स्थानीय पूर्वाधार विकास आयोजना मार्फत आर्थिक वर्ष २०८१÷०८२ मा संघीय सरकारको बजेटबाट पोक–पिपलबोट–छिसवाङ–खोप्टी–दरवाङ सडक स्तरोन्नतिका क्रममा खहरेखोलामा पाँच मिटर लामो कल्भर्ट निर्माण भएको थियो ।

८६ वर्षीय दत्तबहादुर थापाले आफु छिसवाङबा बस्न थालेको ४४ वर्षमा यसपाली विपद्को सामना गर्नुपरेको बताउनुभयो । “खहरेखोलाको बाढीलाई प्राकृतिक रुपमा बग्नलाई रोकेको कल्र्भट हटाएर हाम्रो बस्तिलाई सुरक्षित बनाउन माग गरेका छौ,” उहाँले भन्नुभयो “कल्र्भटको ब्यवस्थापनसँगै बाढीको जोखिम न्युनीकरणका लागि सरकारबाट सहयोगको प्रतिक्षामा छौ ।”

मंगला गाउँपालिकाका उपाध्यक्ष पे्रमकुमारी अधिकारीले छिसवाङबासीको कल्भर्ट ब्यवस्थापन गर्नुपर्ने मागको विषयमा आवश्यक छलफल तथा निर्णय गर्न जिल्ला विपद् ब्यवस्थापन समितिमा पेश गरिएको जानकारी दिनुभयो ।

बाढी प्रभावितहरुको राहत, अस्थायी बसोबासको ब्यवस्थापनपछि पुनःनिर्माण र बस्ति संरक्षणको लागि पहल भइरहेको उहाँले बताउनुभयो । उपाध्यक्ष अधिकारीले गाउँपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको पनि बताउनुभयो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...