धौलागिरि, गुर्जा र अन्नपूर्णको सम्मुखमा पर्यटक पर्खिरहेको पुतलीडाडा

Annapurna notice 3

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ मा रहेको पर्यटकीय सम्भावनायुक्त पुतलीडाडाँ जोड्ने पदमार्ग पहिचान भएको छ ।

मल्कबाङका जनप्रतिनिधी, अगुवा र प्राबिधिकहरुको टोलीले समुन्द्रि सतहदेखि तीन हजार चार सय ५३ मिटर उचाईमा आकर्षक दृष्य अवलोकन स्थलको सम्भावना बोकेको पुतलीडाडा जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।

परापुर्वकालदेखिनै मल्कबाङका बासिन्दाहरु लेकको बुकीमा घरपालुवा जनावरको घुम्ती गोठ लैजान र गाउँ फर्काउन प्रयोग गर्दै आएको बाटो पछ्याउदै पर्यटकीय पदमार्ग पहिचान गरेको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

Shreekrishna

“प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको पुतलीडाडाँलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले मल्कबाङ देखि मयालेडाडा हुदै त्यहाँसम्म पुग्ने परम्परागत मार्ग पहिचान गरेका हौ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माण र प्रर्वद्धनका क्रियाकलापलाई सँगसँगै अघि बढाएका छौ ।”

मल्कवाङ देखि चार घण्टा उकालो पैदलयात्रा गरेपछि पुतलीडाडाँमा पुगिन्छ । पदमार्ग निर्माणका साथै पुतलीडाडाँ लगायत मल्कबाङको इतिहाँस झल्किने बृत्तचित्र तयार पार्न लागिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

गाउँपालिका र समुदायको साझेदारीमा मल्कबाङको इतिहाँस झल्काउने वृत्तचित्र निर्माणका लागि विवरण संकलनका साथै स्थलगत छायांकन तिब्र पारिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

मल्कवाङको शिरमा रहेको उक्त पहाडको टाकुरा पुतलीआकारको भएकाले पुतलीडाडाँ नामाकरण भएको स्थानीय दबहादुर छन्त्यालले बताउनुभयो । “चुचुरोमा पुगेर गाउँतिर हेर्दा उड्दै गरेको पुतलीको आकारको पहाडको अनौठो दृष्य देखिन्छ,” उहाँले भन्नुभयो “अनौठो पहाडका साथै सुर्योदय, हिमशृङखला र म्याग्दीका अधिकांश पहाडी भूगोलका साथै ग्रामिण बस्तिहरुको अवलोकन गर्न सकिन्छ ।”

DRM Notice 1

गाउँका अग्रज र जेष्ठ नागरिकहरुको भनाईका अधारमा पुतलीडाडाँको बिषयमा थप अध्ययन अनुसन्धानका साथै सम्भावनाको उजागर र प्रर्वद्धनमा जुटेको स्थानीय अगुवा भिमप्रसाद छन्त्यालले बताउनुभयो ।

खानी खन्ने परम्परागत पेशा भएका छन्त्याल समुदायको बाहूल्य बसोबास रहेको मल्कबाङका किसानहरुले पुतलीडाडाँ क्षेत्र भएर बर्खायाममा धौलागिरि हिमालको फेदी र रिग बुकी क्षेत्रमा भेडाबाख्रा तथा गाईभैसीको घुम्ती गोठ लैजाने चलन रहेको छ ।

बर्खामा लेकतिर लैजाने घुम्तिगोठ हिउँदयाममा बेशीमा झार्ने गरिन्छ । स्थानीय कृषक बलबहादुर बिकले पुतलीडाडाँ, चेमली, भाङ्गे हुदै धौलागिरि आधार शिविर र मुस्ताङ पनि जान सकिने बताउनुभयो । दृष्यका साथै घोरल, नाउर, घोरल लगायत जन्यजन्तुहरुको पनि अवलोकन गर्न सकिने यो क्षेत्र बसन्तयाममा लालीगुराँस फुलेर रंगिन बन्ने गर्छ ।

पुतलीडाडाँदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, चुरेन हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ । गुर्जा र धौलागिरि हिमालको आधार शिविर तथा चुरेन हिमालको आइसफलको मनमोहक दृष्य थप आकर्षण हो ।

पुतलीडाडा पुग्न कठिन भएपनि त्यहाँ पुगेपछि दृष्य र शान्त वातावरणले समय बितेको पत्तै नहुने आन्तरिक पर्यटक भिम सापकोटाले अनुभव सुनाउनुभयो । अर्का आन्तरिक पर्यटक रुपक गिरिले म्याग्दीको धेरै पहाड, बस्ति र पृष्ठभूमिको अवलोकन गर्न पाउँदा उकालो यात्राको थकान भुलेको प्रतिक्रिया दिनुभयो ।

धवलागिरी गाउँपालिका–५ को वडा सचिवको समेत जिम्मेवारी सम्हालेका सवइञ्जिनियर सुर्यप्रसाद पोखरेलले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर क्रमागत रुपमा पूर्वाधार निर्माणका कामलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । भेडाबाख्रा र मानिसहरु मात्रै हिड्ने पदमार्गलाई स्तरोन्नति गर्नुका साथै विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको सुविधा आवश्यक देखिएको उहाँले बताउनुभयो ।

बस्ति देखि टाढा रहेको पुतलीडाडा जाने पाहुनाहरु मयालेमा रहेको गोठ स्टेमा बास बस्ने गर्छन् । मयालेका बलबहादुर रोकाले गोठमा पाहुनाहरुलाई खाने बस्ने ब्यवस्था मिलाउने गर्नुभएको छ । प्रचारप्रसारको अभावमा सुन्दर र रमणीय पुतलीडाडाँको सौन्दर्य स्थानीय स्तरमै सिमति रहेको रोकाको गुनासो छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...