परिस्थितिले चुनाव स्विकार गर्नुपर्ने अवस्था ल्याउँछ–महेश बस्नेत

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता महेश बस्नेतले संसद पुनस्थापना हुन नसक्ने दावी गरेका छन् ।

प्रधानमन्त्री ओली निकट बस्नेतले राष्ट्रिय युवा संघ, म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा विगतको नजिर हेर्दा संसद पुनस्थापना हुने हुनै कानुनी आधार नभएको बताए ।

‘मध्यावधी निर्वाचन आजको आवश्यकता हो । परिस्थितिले सबैलाई त्यो स्विकार गर्नुपर्ने ठाउँमा पु¥याउँछ,” उनले भने “नेपालको इतिहाँसमा अदालतले एक पटक मात्र अल्पमतको सरकारले गरेको संसद बिघटनलाई रोकेको छ । अरु सबै सदर गरेको नजिर छ । बहुमतको प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनतामा जान चालेको लोकतान्त्रिक र संबैधानिक कदमलाई साथ दिन्छ भन्नेमा ढुक्क छु ।’

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अदालतले संसद पुनस्थापना गरिहालेको अवस्थामा प्रधानमन्त्रीले काँग्रेससँग सहकार्य गरेर अहिलेकै सरकारलाई निरन्तरता दिने बस्नेतले बताए । बिघटन भइसकेको संसद पुनस्थापनाको माग गर्ने क्रान्तिकारी र जनमत लिन जनतामा जाने प्रतिगामी भन्ने हुनै नसक्ने तर्क गरे ।

राष्ट्रिय युवा संघका इञ्चार्ज समेत रहेका बस्नेतले प्रचण्डले सरकार बिरुद्धको आन्दोलनमा जनताको साथ नपाएपछि बामदेव गौतम मार्फत ओलीसँग मिल्ने सन्देश पठाएका बताए । प्रधानमन्त्रीलाई असहयोग गरेका प्रचण्ड–नेपाल–खनालले गलत अराजनीतिक हिसाबले अविश्वासको प्रस्ताव दर्ता गरेकाले प्रधानमन्त्रीले संसद बिघटन गर्ने निर्णय लिएको बस्नेतले दावी गरे ।

निर्वाचन आयोगबाट आफ्नै समूहले पार्टीको आधिकारिक नाम र चुनाव चिन्ह पाउने दावी गर्दै बस्नेतले प्रचण्ड–नेपालकै कारण पार्टी बिभाजनको अवस्था सिर्जना भएको बताए । माओवादीसँग एकता गरेर अस्तित्वबाट जोगाएर ओलीले लगाएको गुन प्रचण्डले बिर्सिएको बस्नेतको भनाई थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...